भरतपुर, बैशाख १३।
नेपाली कथानक चलचित्र “लक्का जवान” यहीँ बैशाख २३ गतेबाट प्रदर्शन आउने भएको छ।
शिवहरी पौडेलको कथा लेखन र निर्देशन रहेको चलचित्र लक्का जवानको टीम चितवनको भरतपुरमा आएर फिल्मको प्रचारप्रसार साथै पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो।

कमेडि जन्रामा बनेको चलचित्रमा दिलिप रायमाझी, प्रियनका कार्की, सलोन बस्नेत, बर्सा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, अन्सुया श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ। धुर्व वन्त मुख्य निर्माता रहेको उक्त चलचित्रले सामाजिक चित्रणका साथै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने कुरामा आफु बिश्वस्त रहेको निर्देशक पौडेलले बताए।
Advertisement

