• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

एक पालिकाबाहेक कतै छैन लोसपा र जसपाबीच तालमेलको सम्भावना


बैशाख ११, काठमाडौँ । जसपा नेपाल र सोही पार्टीबाट विभाजन भइ बनेको लोसपा नेपालबीच एउटा पालिकाबाहेक कतै चुनावी तालमेलको सम्भावना देखिएको छैन । पाँच दलीय गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपालले कैलालीमा मात्र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग चुनावी तालमेल गर्ने भएको हो ।

Advertisement

दुई दलबीच कैलालीमा चुनावी तालमेल गर्नेबारे वैशाख ३ गते सहमति भएको थियो । त्यसबाहेक अन्यत्र कतै पनि यी दुई दलबीच चुनावी तालमेलको सम्भावना देखिएको छैन । मधेस प्रदेशमा जसपा र लोसपाको राम्रो संगठन छ । यो प्रदेशमा १३६ पालिका छन् । ती पालिकाका एक हजार २७१ वटा वडा छन् । तीमध्ये कतै पनि जसपा र लोसपाबीच तालमेल हुने सम्भावना छैन ।

Advertisement

जसपाका मधेस प्रदेशसभा सदस्य विक्की यादव (सप्तरी) ले उम्मेदवारको टुङ्गो लगाउने काम भइरहेको बताए । यस अवस्थामा लोसपासँग कुनै पनि पालिका वा वडामा तालमेलको चर्चा समेत नभएको उनले बताए ।‘भोलि–पर्सिसम्म कुनै ठाउँमा कसैले नामै फिर्ता लिएर कसैलाई समर्थन गरे भने त्यो बेग्लै कुरा हो तर अहिलेसम्म जसपा र लोसपाबीच चुनावी तालमेलको बारेमा कहीँ कुनै चर्चा छैन,’ उनले भने ।

जसपा अहिले पाँच दलीय गठबन्धनमा छ । सत्तारुढ गठबन्धनले आपसमा तालमेल गर्ने भएको छ । महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलबीच चुनावी तालमेल केन्द्रित भागबण्डा भइसकेको छ । कतिपय नगरपालिका र गाउँपालिकामा पनि पाँच दलबीच उम्मेदवारीबारे भागबण्डा टुङ्गिएको छ ।

लोसपाले स्थानीय तहमा आवश्यकता र औचित्यको आधारमा तालमेल गर्न सकिने निर्णय गरेको छ । उसले कुनै दल विशेषसँग तालमेल गर्ने वा कुनै दल विशेषलाई तोकेर तालमेल नगर्ने योजना बनाएको छैन । स्थानीय तहमा कुनै दलसँग तालमेल भयो भने त्यसमा केन्द्रीय स्तरबाट लोसपाले कुनै हस्तक्षेप नगर्ने जनाइएको छ ।

लोसपाका नेता राकेश मिश्र (सर्लाही)ले भने, ‘हामीलाई केन्द्रले अधिकार दिएको छ, जुनसुकै दलसँग गठबन्धन गर्न सकिन्छ तर जसपासँग हालसम्म तालमेलबारे कुनै छलफल भएको छैन ।’ जहाँ लोसपा बलियो छ, त्यहाँ जसपा कमजोर रहेको र जहाँ जसपा बलियो छ, त्यहाँ लोसपा कमजोर रहेकाले यी दुई दलबीच चुनावी तालमेलको सम्भावना कम रहेको उनले बताए ।

जसपाबाट लोसपा अलग भएको कारण नेतृत्व तहमा केही तिक्तता भए पनि स्थानीय स्तरमा त्यस्तो तिक्तता नरहेकाले तालमेलमा खासै अप्ठ्यारो भने नरहेको उनको भनाइ छ । स्थानीय स्तरमा लोसपा र जसपाका नेताहरुबीचमा अनौपचारिक छलफल हुने गरेको तर जसपा नेपाल पाँच दलीय गठबन्धनमा रहेकाले लोसपासँग तालमेल गर्न गाह्रो भइरहेको उनले बताए ।

एकता र विभाजन हुँदै अहिलेको अवस्थामा जसपा र लोसपा नामले चिनिएका यी दुई दल २०७४ सालमा पनि अलगअलग अस्तित्वमा थिए । दलको नाम फरक भए पनि नेताहरूको समीकरण करिब करिब यसैगरी दुई दलमा विभाजित थियो । त्यतिबेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल भएको थियो । त्यसबाहेक दुई दलबीच तालमेल भएको रेकर्ड छैन ।

यसपटक त झन जसपाबाट लोसपा अलग भएका कारणले एक अर्काबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ । जसपाले काँग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेल गर्दैछ । उता, लोसपाले एमालेसँग तालमेल गर्ने गृहकार्य सुरु गरिसकेको छ तर जसपा र लोसपाबीच कैलालीबाहेक कतै तालमेलको सुरसार छैन ।

आइतबार, बैशाख ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.