बैशाख ११, चितवन । मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) आज नयाँ अनुभव मिल्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आज नयाँ र शुभ समाचार सुन्न पाइएला । राजनीतिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सफलता मिल्नेछ।मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) अनावश्यक झमेलामा परिएला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) मित्रबाट सहयोग मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेममा मधुरता पनि छाउला ।
तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) राजनीतिक कार्यमा सफलता मिल्नेछ । घरायसी मनोरञ्जनमा सहभागिता भइएला । स्वास्थ्यमा समस्या आउन सक्छ बढी सजग रहनु होला ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आज मान प्रतिष्ठामा वृद्धि पनि होला । इष्टमित्र एवं साथीभाइहरूसँग प्रविधि मार्फत भेटघाट हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) महिला वा मित्रबाट सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुने र नार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्र भने कमजोर नै रहला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) सम्पत्ति हराउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने हुन्छ ।
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) आज इच्छा र आकाङ्क्षा पूर्ण होला । नजिकको आफन्त र मित्रसँग भेटघाट हुनेछ । दिनको उत्तरार्धमा केही धन खर्च बढ्न सक्छ ।

