बैशाख ०९, चितवन । नेपाली कांग्रेसले भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवार उठाउने तयारी गरेको छ ।
केन्द्रीय गठबन्धनको निर्णयप्रति असन्तुष्ट पक्षले कांग्रेसको तर्फबाट बागी उम्मेदवार उठाउने तयारी गरेको बुझिएको छ । यसका लागि अहिले कांग्रेस चितवनको पार्टी कार्यालयमा भेला बोलाईएको छ ।
कांग्रेस भरतपुरका एक नेताका अनुसार महानगरको मेयर यस पटक माओवादीलाई दिन नहुने भन्दै बागी उम्मेदवार उठाउने बिषयमा केही बेरमा छलफल हुँदैछ । केन्द्रीय गठबन्धनले भरतपुरको मेयर माओवादीलाई छोड्ने निर्णय गरिसकेको छ ।
Advertisement
तर केन्द्रको निर्णयमा चितवन कांग्रेसका नेता तथा कार्यकर्ताले असन्तुष्टी जनाईरहेका छन् । यस अघि आज बिहान मात्रै कांग्रेस चितवनका सभापति राजेश्वर खनालले गठबन्धन विरोधी गतिविधि नगर्न नगराउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

