भरतपुर, चैत ६।
रेनु दाहालको चुनावी गित सार्बजनिक भएको छ। गठबन्धनको भागबन्डा अन्तर्गत भरतपुर महानगरपालिकाको मेयर नेकपा माओवादले पाउने र पुनः मेयर पद रेनु दहालले पाउने निश्चित भए पछि रेनु दहालको चुनाव गित “मेयरमा भोट रेनु दहाललाई” आएको हो।
प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सन्तोष देउजाको परिकल्पना र निर्माणमा रहेको सो गीतमा चर्चित लोक तथा दोहोरी गायक विष्णु खत्री र टिका पुनले आवाज दिएका छन् ।
गितमा भरतपुर महानगरका लागि ५ वर्षमा मेयर दाहालले गरेका कार्यको चर्चा देख्न सकिन्छ। महानगरका सडक निर्माण, कालोपत्र , सुकुम्बासीका लागि लालपुर्जा, शिक्षा, स्वास्थ्यका बिकास आदि कार्यमा दहालले गरेक कार्यहरुको दृश्य गितम समाबेश गरिएको छ। ५ मिनेट ४५ सेकेन्डको गितमा स्वयं रेनु दहालको अभिनय पनि देख्न सकिन्छ।
गीतको म्युजिक भिडियोमा चर्चित मोडल विजय पुन, उत्सव अधिकारी, सुनिता तिमलसिना, निसु मगर र सपना सिवाकोटीको अभिनय रहेको छ।
चितवनका पत्रकार रवि अधिकारीको निर्देशन तथा रविन शाहको नृत्य निर्देशन रहेको सो म्युजिक भिडियोलाई अनुभवी छाँयाकार रविन्द्र बरालले खिचेका छन् ।

