भरतपुर, चैत ६।
पाँच दिन अधि नारायणी नुहाउने क्रममा तनहुँको देवघाट संगमबाट बेपत्ता भएका साकार न्यौपानेको शव फेला परेको छ। वडा प्रहरी कार्यालय नारायणगढको बिपद ब्यबस्थापन टोलीले भरतपुर १८ को गाँजीपुर स्थित नारायणी नदिमा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपि नरहरी अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार भरतपुर २१ का बर्ष २० को न्यौपानेको शव नारायणी नदिमा किनारमा तैरिरहेको अबस्थामा सोमबार दिउँसो साढे ४: ३० बजेको समयमा प्रहरीले फेला पारेको हो। सोमबार घटनास्थलमा शवको मुचुल्का सहितको प्रक्रिया पुरागरी पोस्टमार्टमको लाग भरतपुर अस्पताल पठाइको प्रहरी जनाएको छ।
Advertisement
बैशाख १ गते आफन्तहरुसंग तनहुँको देवघाट स्थित संगममा स्नान गर्न गएका न्यौपाने नारायणीमा नुहाउनु क्रममा बेपत्ता भएका थिए।

