• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

गाेरखा : कुन पालिकाको प्रमुख कसले पाउने भन्ने निर्णय गर्न गठबन्धनलाई सकस


बैशाख ०२, गोर्खा । यही वैशाख ३० गते हुने पालिका चुनावमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेका गोरखाका चार दलीय गठबन्धनलाई पालिकाको प्रमुख भागबन्डा टुङ्ग्याउन सकस परेको छ । गएको चैत २० गते जिल्ला संयन्त्र बनाएर निरन्तर छलफलमा रहेका चार दलीय गठबन्धनले कुन पालिकाको प्रमुख कसले पाउने भन्ने निर्णय गर्न नसकेका हुन् ।

Advertisement

२०७४ सालको पालिका चुनावमा गोरखाका ११ पालिकामध्ये नेपाली कांग्रेसले ९ वटा पालिकाको प्रमुख जितेको थियो । अहिले पनि ती सबै पालिकाको प्रमुख आफूले पाउनुपर्ने कांग्रेसको दाबी छ । सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले पनि अघिल्लो चुनावमा जितेका पालिकाको प्रमुख सम्बन्धित दलले नै पाउने परिपत्र गरेकाले गोरखामा कांग्रेसको दाबी बलियो देखिन्छ । ‘छलफल सकारात्मक रूपमा अघि बढेको छ, हामी मिलनविन्दुको नजिक छौँ’, संयन्त्रको वार्तामा सहभागी कांग्रेस जिल्ला कार्यसमितिका सहसचिव लुमनाथ लामिछानेले भन्नुभयो, ‘सङ्ख्याका विषयमा आ–आफ्नो दाबी भएपनि छलफल सौहाद्र्रपूर्ण रूपमा अघि बढेको छ, वैशाख ४ गतेको बैठकले सङ्ख्याका विषयमा निष्कर्ष निकाल्ने विश्वास छ ।’

Advertisement

तर जिल्लामा कांग्रेस र माओवादी एउटै हैसियतको पार्टी भएकाले सङ्ख्या बाँडफाँटमा कांग्रेस लचिलो हुनुपर्ने नेकपा माओवादी केन्द्रको अडान छ । २०७४ सालको पालिका चुनावमा माओवादीले दुई वटा पालिकाको प्रमुख जितेको थियो । ‘अघिल्लो चुनावमा हामीले प्राविधिक रूपमा झिनो मतान्तरले मात्रै पालिका प्रमुख हारेका हौँ, यसबाहेक प्रदेश सभामा हाम्रो समानुपातिक मत कांग्रेसको भन्दा धेरै छ, सङ्घीयको समानुपातिक मत पनि ५/६ सयले मात्रै कम छ’ माओवादी केन्द्रका जिल्ला समन्वय समिति प्रमुख लेखबहादुर थापा मगर भन्नुहुन्छ, ‘त्यसैले जिल्ला समन्वय समितिको प्रमुखसहित पालिका सङ्ख्या बराबर हुने गरी कांग्रेस र माओवादीबीच पालिका सङ्ख्या बाँडफाँट हुनुपर्छ र गठबन्धनका अन्य दललाई पनि एक/एक पालिकाको प्रमुख दिनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ ।’ कांग्रेसले पाँच पालिका, माओवादी केन्द्रले पछि जिससको प्रमुख पाउने गरी चार पालिका तथा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीलाई एउटा/एउटा पालिकाको प्रमुख दिने गरी सहमति हुन सक्ने उहाँको भनाइ छ ।

संयन्त्र बैठकमा जनता समाजवादी पार्टीले तीन वटा पालिकाको प्रमुख पाउनुपर्ने दाबी गरेको छ । २०७४ सालको पालिका चुनावको तुलनामा अहिले पार्टीको जनमत बलियो भएकाले तीन वटा पालिकाको प्रमुख दाबी गर्नु स्वाभाविक भएको जसपाका जिल्ला अध्यक्ष यानप्रसाद भट्टले बताउनुभयो । ‘संयन्त्र बैठकमा हामीले साङ्गठनिक आधारसहित तीन वटा पालिकाको प्रमुखमा दाबी गरेका छौँ, पार्टीमा पनि आन्तरिक छलफल गरेर अर्को बैठकसम्ममा थप धारणा बनाउँछौँ’, उहाँले भन्नुभयो । जिल्लामा साङ्गठनिक हिसाबले माओवादी केन्द्रसँग कमजोर नरहेकाले पनि उसकै बराबरको सङ्ख्यामा पालिका प्रमुख पाउनुपर्ने जसपाका केही नेताहरूको तर्क छ ।

नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष यादव बस्नेतले भने सत्ता गठबन्धनको चुनावी तालमेलको प्रयासलाई टुङ्गोमा पु¥याउनका लागि जिल्लामा सबै दल गम्भीर रहेको बताउनुभयो । ‘संयन्त्र बैठकमा एकथरी कुरा भइरहेको छ तर बाहिर सार्वजनिक खपतका लागि सङ्ख्या र दाबीका विषयमा फरक कुरा आइरहेको छ’, उहाँले भन्नुभयो, ‘सङ्ख्याका विषयमा त्यति ठूलो अलमल छैन, मिल्छ ।’

पालिका प्रमुखको विषयमा छलफलमा रहेका गठबन्धन संयन्त्रका दलहरूबीच उपप्रमुख र वडाध्यक्षलगायत पदको बाँडफाँटका विषयमा भने छलफल सुरु भएको छैन । सत्तारुढ दलको जिल्ला संयन्त्रको अर्को बैठक वैशाख ४ गतेका लागि बोलाइएको छ । अब दुई दिनसम्म पार्टीभित्र आन्तरिक छलफल गर्ने दलहरूले बताएका छन् ।

शुक्रबार, बैशाख ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.