बैशाख ०२, चितवन । चितवनमा राप्रपामा एकै साथ ३ हजार बढी पार्टी प्रवेश गरेका छन् । भरतपुरमा आयोजित आमसभामा ३ हजार २ सय ४ जना पार्टी प्रवेश गरेको जिल्ला प्रवक्ता राजु भण्डारीले जानकारि दिनुभयो । उहाँका अनुसार पार्टी प्रवेश गर्नेहरुमा करिब २ हजार भरतपुर महानगर क्षेत्रका छन् । महानगरको वडा नम्बर १, ११,१४, १५, १७, २० बाट प्रवेश गर्ने धेरै छन् । माडी नगरपालिकामा वडा नम्बर ७, ८, ९ का धेरै छन् । यस्तै राप्ती, कालिकाबाट राप्रपामा पार्टी प्रवेश गरेका छन् । कांग्रेस, एमाले, माओवादी पार्टी राप्रपामा प्रवेश गरेकालाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन, केन्द्रीय उपाध्यक्षहरु विक्रम पाण्डे, हेमजंग गुरुङ, महामन्त्री कुन्ती शाही, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतले स्वागत गर्नुभएको थियो ।
Advertisement

