चैत्र २४, चितवन । चितवनमा भोलि चैत २५ गतेदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । देशव्यापी अभियानअन्तर्गत जिल्लाका १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाइने भएको हो ।
चैत २५ देखि बैसाख ४ गते सम्म खोप सन्चालन हुने छ । जिल्लाका सात वटै स्थानिय तहमा रहेका विभिन्न बिधालहरुमा खोप केन्द्र तोकिएको छ । बालबालिकाहरुले खोप लगाउन जाँदा आफ्नो जन्म मिती खुल्ने अधिकारिक परिचयपत्र तथा जन्म दर्ता लिएर खोप केन्द्रमा गई खोप लगाउन स्वास्थ्य कार्यालय चितवनले अनुरोध गरेको छ ।
Advertisement
यो उमेर समूहका बालबालिका टाइफाइडबाट बढी प्रभावित हुने भएकाले सरकारले नै खोप अभियान सञ्चालन गर्न लागेको हो ।

