• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, भदौ ३०, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५. नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६. नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

  • ७. भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

  • ८. शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

  • ९. कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

  • १०. डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

भरतपुर महानगरका विद्यालयमा शान्ति सुरक्षा सम्बन्धी विद्यालयस्तरको पाठ्यसामाग्री लागु


चैत्र २४, चितवन। शान्ति सुरक्षा सम्वन्धि विद्यालयस्तरको पाठ्यसामाग्री भरतपुर महानगरका सामुादायीक र संस्थागत विद्यालयमा लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर महानगरपालिकाको सहकार्य र साझेदारीमा शैक्षिक संस्थाको नेतृत्वको लागि पाठ्यसामाग्री निर्माण गरेको हो । पाठयसामाग्रीका बिषयमा १ दिने अभिमुखीकरण तथा समझदारीपत्रमा हस्ताक्षर भएसंगै सो पाठयसामाग्री महानगरका १२३ सामुदायिक र ९७ संस्थागत विद्यालयमा लागु भएको छ ।

Advertisement

समझदारी पत्रमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक नवराज अधिकारी, भरतपुर महानगरका तर्फबाट नगर शिक्षा अधिकारी महेन्द्र प्रसाद पौडेल र सामुदायीक तथा संस्थागत बिद्यालयका प्र।अ हरुले हस्ताक्षर गरेका छन् । त्यस्तै रोहवरमा भरतपुर महानगर प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङं र भरतपुुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबन्धु सुवेदी रहेका छन् ।

Advertisement

सामाजमा हुने सबै प्रकारका अपराधहरु न्युनिकरण गरी शु सभ्य समाज निर्माणका लागि बिद्यार्थीलाई सचेतना दिने गरी १७ बिषयसुची समाबेश गरेर पुस्तक तयार पारिएको पाठ्यक्रम निर्माणकर्ता चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

यो पाठ्यक्रमले विद्यार्थीमा नकारात्मक मनोभावना हटाएर सकारात्मक चिन्तनको विकास गरी सभ्य समाज निमार्णका लागी धेरै ठुलो योगदान दिने अधिकारी बताउँछन् । पछिल्ला समय शिक्षकबाट बिद्यार्थी माथी हुने यौनजन्य दुरब्यवहार बढेकाले त्यस्तो हुन नदिन पाठयसामाग्री तयार गर्नु परेको अधिकारीले बताए ।

पुस्तकमा लागुऔषध दुव्र्यसनी, धुम्रपान मध्यपान, साइबर अपराध र उजुरी गर्ने तरिका, सामाजिक संजालको सुरक्षित प्रयोग, महिला तथा बालबालिका बिरुद्ध हुने अपराध, सामाजिक अपराधहरु, घरेलु हिंसा र उजुरी दिने कार्यविधी, करणी सम्वन्धि कसुर, ट्राफिक सचेतना, विपद जोखिम र न्युनिकरणका उपाए, आत्महत्याका संकेत र बचाउने उपाए, घटनास्थलको सुरक्षा, अपराध रेड प्रणाली,प्रहरी चारित्रिक प्रमाणपत्र, घटनाहरु हुनै नदिने उपाए, असल मानिसका कर्तब्य र जिम्मेवारी,प्रहरी कार्यालयमा उजुरी दिने तथा सम्पर्क माध्यामहरु, आत्म रक्षा र बच्ने उपाए समावेश गरिएका छन् ।

मेयर रेनु दाहालले धेरै महत्वका साथ प्रहरी प्रमुखले मेहनत गरेर पाठ्यक्रम तयार पारेको बताईन । ज्ञान चेतना सहितको शान्तिपुर्ण सुरक्षित समाज निर्माणका लागि १२३ सामुदायिक ÷९७ संस्थागत बिद्यालय मा यो पाठयक्रम लागु भएको उनले बताईन् । आफुहरु आएपनि महानगरका सामुदायीक बिधालयको शिक्षाको विकासमा धेरै सुधार गरेर सामुदायिक र संस्था गत बिद्यालयमा प्रतिस्पर्धा सुरु हुन थालेको दाबी गरिन् ।

सामुदायिक बिधालयमा ७ हजार नया बिद्यार्थी बढेको उनको तर्क छ । संस्थागत बिद्यालयको हितमा पनि आफुहरुले काम गरेको बताउँदै दाहालले यो पुस्तकले आगामी दिनमा नैतिकवान र गुणवान् बिद्यार्थी उत्पादनमा धेरै ठुलो भुमिका खेल्ने र बिद्यालय उमेरका बिद्यार्थीलाई सामाजिक सचेतना दिन प्रमुख आधार हुने बताईन् । महानगरले हरेक बिद्यालयमा लैगिक सम्पर्क शिक्षक भनेर पनि बिद्यालयमा नियुिक्त दिने गरी लागेको बताईन् ।

बिद्यालय नर्स कार्यक्रम पनि सुरु गरेको उनको भनाई थियो । महनगरले महानगरको कुल १५ प्रतिशत बजेट शिक्षाका क्षेत्रमा लगानी गरी नमुना काम गरेको दाहालले बताइन् । प्रअ व्यवस्थापन, शिक्षक दरबन्दी मिलान , भौतिक पुर्वाधार विस्तार , छात्रवृत्ति कार्यक्रम, स्कुल बस हस्तान्तरण, साईकल वितरण, प्राबिधिक शिक्षालय स्थापना , प्रहरी स्कुल स्थापना , महानगरिय छात्रवृत्ति कार्यक्रम लागू लगाएत अरु धेरै काम गरेको उनको भनाई थियो ।

भरतपुर महानगर उपप्रमुख पार्वती शाह ठकुरीले सुन्दर र समृद्ध समाज निर्माणमा यो पाठ्यक्रम धेरै प्रभावकारी हुने बताईन । नैतिकवान र चरित्रवान नागरिक निर्माण गर्न धेरै सहयोग मिल्ने उनको तर्क छ । यसलाई सबैले गम्भीरता पुर्वक मनन गरेर स्कुले बालबालिका लागि सहि बाटोमा अगाडि बढाउनु पर्ने उनको भनाई थियो । साथै उनले धेरै चुनौतिका बिच पनि आफुहरुले महानगरमा धेरै काम गरेर देखाएको बताईन् । महिलाले गर्न सक्ने रहेछन् भनेर आफुहरुले प्रमाणित गरेर देखाएको पनी बताईन् ।कार्यक्रम चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा भएको थियो ।

भरतपुर महानगरका प्रमुख प्रशासकिय अधिकृत राम बन्दु सुवेदीले सबै प्रकारका सामाजिक अपराधबाट महानगरलाई मुक्त गर्ने अभियानको थालनी गरेको बताए । यो समाज सुरक्षाको महत्त्वपुर्ण पाटो भएको बताउँदै उनले समाजले नया युवा लाई आसा र भरोसा दिन नसकेकोले युवा ले गलत बाटो रोजेकोले सहि ट्रयाकमा ल्याउन यो पुस्तकले धेरै राम्रो भुमिका खेल्ने दाबी गरे । महानगरबाट सबै स्थानिय तहलाई यो नया सन्देश भएको बताए ।

कार्यक्रममा प्याब्सन चितवन अध्यक्षले अपराधजन्य घटना न्युनिकरणाका लागि स्कुलनै सबै भन्दा महत्वपुर्ण संस्था भएको बताउँदै यो पाठ्क्रमले बिद्यार्थीलाई चरित्रवान बनाउँन धेरै सहयोग हुने जानकारी दिए ।

सामुदायीक बिद्यालयका तर्फबाट भिमनगर स्कुलका प्र अ कोमलनाथ घिमिरेले प्रहरी प्रमुखको प्रस्तुतिकरण सुनेपछि बिद्यालयमा धेरै काम गर्न बाकी रहेछ भन्ने अनुभूति भएको बताए । बालबालिका लाई सहि बाटोमा ल्याउन यो पुस्तकले धेरै महत्त्वपूर्ण काम गर्ने बताउँदै उनले सामाजिक सन्जाल र मोवाईलले बिद्यार्थी गलत बाटोमा लागेको बताए । बिद्यार्थीले पढाईमा धेरै ध्यान दिन नसकेको अनुभूति हुन थालेको उनको भनाई थियो । यो पुस्तकले अपराध गर्ने प्रबृति र मनोबिज्ञान घट्ने र बिद्यार्थीलाई सहि बाटोमा हिडाउन अपराध न्युनिकरण सम्बन्धि सचेतना सामाग्रिको होडिङ बोर्ड लगाउनु पर्ने समेत बताए ।

त्यस्तै सप्तगण्डकी बहुमुखि क्याम्पस प्रमुख मणि महतोले यस्तो पाठ्यक्रम बिश्वबिद्यालय लेवलका बिद्यार्थीका लागी पनी आवस्यक रहेकाले त्यस्ता बिद्यार्थीका लागी पनी हुने तरी तयार गर्न आग्रह गरे ।यस्तो पाठ्यक्रम बिद्यालय कलेजमा लागू गरेपछि बिद्यार्थी को मनोभावनामा धेरै सकारात्मक फाईदा हुने उनको तर्क छ । बिद्युतिय उपकरणले बालबालिकामा एक्लो पन विकास भएको घर परिबार दाजु भाइ आमा बुवा कसैको पनि मतलव नगर्ने गरेको देखिएकोले समस्या बढ्दै गएको उनको तर्क थियो । ६९२ जनालाई ३ हजारका दरले छात्रवृत्ति दिएको हो ।

बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली
अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ४.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ५.
    नेपाली कांग्रेस भरतपुर महानगर सभापति पदमा कंडेलको उम्मेदवारी घोषणा

  • ६.
    नयाँ उद्योगमन्त्रीको शपथ साढे ५ बजे

भर्खरै

  • १.
    भोटेकोशीको चेतावनी: अब चाहियो ‘बुद्धिमान’ पूर्वसूचना प्रणाली

  • २.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • ३.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ४.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ५.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ६.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ७.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ८.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.