चैत्र २२, चितवन । त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो महिला लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आज (मंगलबार) भएको पहिलो खेलमा आर्मीले वालिङलाई १०–० को फराकिलो अन्तरले पराजित गरेको हो । भरतपुर १९ स्थित शारदानगर माविको मैदानको भएको खेलमा आर्मीलाई जिताउन सपना लामाले हृयाट्रिक गरिन् । यस्तै शर्मिला थापा मगरले २ तथा दीपा शाही, अमिशा कार्की, रश्मी घिसिङ, कुशुम खतिवडा र हेमा चौधरीले समान एक–एक गोल गरे । आर्मीकी खेलको तेस्रो मिनेटमा नै अग्रता लियो ।
आर्मीका लागि शर्मिलाले पहिलो गोल गरिन् । १५ औं मिनेटमा दीपाले गोल गर्दै आर्मीलाई दोहोरो अग्रता दिलाईन् । लगत्तै १७ औं मिनेटमा शर्मिलाले व्यक्तिगत दोस्रो गोल गरेपछि आर्मीले ३–० को अग्रता लियो । २४ औं मिनेटमा अमिशाले गोल गरेपछि पहिलो हाफमा आर्मीले ४–० को अग्रता लियो । दोस्रो हाफमा मौदान आर्मीले ६ गोल थप्यो । ५३ औं मिनेटमा रश्मीले आर्मीका लागि पाचौं गोल गरिन् । ६२ औं मिनेटमा मैदान प्रवेश गरेकी सपनाले हृयाट्रिक गरिन् । उनले मैदान प्रवेश गरेको दोस्रो मिनेटमा नै गोल गरिन् ।
एपिएफलाई जिताउन सावित्रा भण्डारी साम्बा, हिरा कुमारी भुजेल, सरु लिम्बू र रेनुका नगरकोटीले गोल गरे । डिफेन्सिभ खेल खेलेको ललितपुरले पहिलो हाफमा एपिएफलाई गोलरहित बराबरीमा रोकेको थियो । पहिलो हाफमा ललितपुरका डिफेन्डर र गोलकिपर एपिएफका लागि बाधक बने । ललितपुरका डिफेन्डर र गोलकिपरले पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरे । एपिएफलाई गोल निकाल्न ६२ औं मिनेटसम्म कुर्नु प¥यो । ६२ औं मिनेटमा साम्बाले गोल गर्दै एपिएफलाई अग्रता दिलाईन् ।
६८ औं मिनेटमा हिरा कुमारीले एपिएफलाई दोहोरो अग्रता दिलाईन् । खेलको अन्त्य तिर ललितपुर सम्हालिन नसक्दा थप दुई गोल खायो । निर्धारित समयको खेल सकिएर थप गरिएको ७ मिनेटमा सरु र रेनुकाले गोल गर्दै आर्मीलाई ४–० को सहज जित दिलाए । खेलको प्लेयर अफ दि म्याच एपिएफकी हिरा कुमारी भुजेल घोषित भईन् । यो जितपछि शिर्ष स्थानको एपिएफले दोस्रो स्थानको आर्मीसँगको अंक दुरि बढाएको छ । पाँच खेलमा शतप्रतिशत नतिजा निकालेको एपिएफको १५ अंक छ ।समान खेल खेलेको आर्मी ९ अंकसहित दोस्रो स्थानमा छ । ललितपुरको समान खेलबाट ३ अंक मात्र छ । लिगमा बुधबार पनि दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ः१५ बजे विराटनगर र धनगढीबीच हुनेछ । यस्तै दोस्रो खेल दिउँसो ४ः१५ बजे चन्द्रपुर र नेपाल पुलिस क्लबबीच हुनेछ ।

