• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • ९. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

वाग्मती प्रदेशका विभिन्न जिल्लामा देखियो बर्ड फ्लु, नियन्त्रणका लागि यसरी हुँदै छ प्रयास


चैत्र २१, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर–२, आँपचाैरमा रहेकाे एक कुखुरा फर्ममा बर्डफ्लु देखियो । किसानले खोरमा पालेको कुखुरामा बर्डफ्लु देखिएपछि यहाँका केही कुखुरा मरे र केहीलाई पशुचिकित्सकको सल्लाहमा मारिएको थियो । कुखुरा मर्न थालेपछि बर्डफ्लुको जाँच गरिएको थियो । त्यस क्षेत्रमा कुखुरा मर्न थालेपछि ल्याब परीक्षण गरी हेर्दा बर्डफ्लु एच फाइब एन वान नामक भाइरस संक्रमण भएको पुष्टि भएको पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा. ब्रजकिशोर ठाकुरले जानकारी दिनुभयो ।

Advertisement

मकवानपुरका दश वटै पालिकामा किसानले कुखुरा पालन गर्ने गरेका छन् । सबै भन्दा धेरै हेटौंडाको कमाने र चुरीयामाइ क्षेत्रमा कुखुरा पालन हुने गरेको छ । बर्डफ्लु रोग फैलन नदिनका लागि किसान सचेत हुँदा हुँदै पनि देखा पर्ने गरेको छ ।

Advertisement

मकवानपुर जिल्लामा २०६९ र २०७५ सालमा बर्डफ्लु देखिएको थियो । जिल्लामा करिब १ हजार ३ सय कुखुरा पालक किसान रहेका छन् । कुखुरा पालक किसानको लागि महामारीको रुपमा लिइएको बर्डफ्लु रोगलाई समयमा नै रोकथाम गर्न नसके यसले ठूलो क्षति पुर्याउने जानकारहरु बताउँछन् ।

यस्तै चितवनको विभिन्न ठाउँका व्यावसायिक कुखुरा फार्महरूमा पनि बर्डफ्लु देखा परेको छ  । जिल्लास्थित बर्डफ्लु नियन्त्रण समितिको बैठकले रोग पुष्टि भएका ३ ठाउँका फार्मका कुखुरा नष्ट गर्ने निर्णय गरेको छ  । चितवनको खैरहनी–२ मा रहेको किरणप्रसाद कँडेलको तात्रीवास पशु विकास तथा कृषि अनुसन्धान केन्द्र प्रालिलाई केन्द्र मानेर त्यस नजिकका चारै दिशाका पन्छी, सम्बन्धित सामग्री र उत्पादन नष्ट गरिएको हो ।
भरतपुर–८ मा मदनकृष्ण मानन्धरले पालेको लेयर्स कुखुरा फार्म र भरतपुर–२३ मा खेमलाल भुसाल र चन्द्र भुसालले पालेको कमर्सियल लेयर्स कुखुरा फार्मका पनि कुखुरा र सम्बन्धित उत्पादन नष्ट गरिएको छ ।
बर्डफ्लु देखिएका स्थानको ७ किलोमिटर परिधिभित्र कडा निगरानी राख्ने पनि समितिले जनाएको छ । बर्डफ्लु प्रभावित क्षेत्रबाट कुखुरा र पन्छीसँग सम्बन्धित पदार्थ र उत्पादन ओसारपसार गर्न नपाउने निर्णय पनि समितिले गरेको छ ।

मकवानपुर र चितवन मात्र होइन । वाग्मती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण फैलिएको छ । वाग्मती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेले बर्डफ्लु रोग फैलिएकाले यसबाट सचेत हुन आग्रह समेत गर्नुभयो । बर्डफ्लु देखिएका स्थानमा पन्छीको नष्ट गरिएको र क्षति भए वापतको रकम समेत दिइने मन्त्रालयका सचिव पाण्डेले बताउनुभयो ।

मन्त्रालयका अनुसार काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा बर्डफ्लु देखिएको हो । प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको उहाँले बताउनुभयो । बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पन्क्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ केजी दाना सुरक्षित तवरबाट नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

कुखुरामा बर्डफ्लु देखिन थालेपछि यसको परीक्षणको कामलाई तिब्रता दिइएको वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डाक्टर मुगलप्रसाद साहले जानकारी दिनुभयो । पशुपन्छीमा कुनैपनि रोग लागेमा यसको परीक्षण गर्ने, औषधि उपचार गर्ने, किसानलाई सचेत गराउने लगायतका नियमित कामहरु भइरहेको उहाँले बताउनुभयो । चितवन जिल्लामा कुखुराको सख्या धेरै भएकाले बर्डफ्लुको जोखिम पनि निकै रहेको निर्देशक साहले बताउनुभयो ।

संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार  कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको सचिव पाण्डेले बताउनुभयो । मन्त्रालयले बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको जनाएको छ ।

प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परीक्षणको दायरालाई फराकिलो बनाइएको छ । एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परीक्षण र निगरानी कार्यहरु बढाइएको मन्त्रालयका कृषि विकास महाशाखाका प्रमुख तथा प्रवक्ता झलकनाथ कंडेलले जानकारी दिनुभयो ।

संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ । त्यस्तै सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट ¥यापिड टेस्ट किटबाट परिक्षणको व्यवस्था मिलाइएको छ ।

संक्रमित पन्छीहरुको ओसार प्रसारमा पनि कडाइ गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पन्छीपालक व्यवसायीले पन्छी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र र्‍यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता कंडेलले जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक सन् २००९ मा बर्डफ्लु रोग देखा परेको थियो भने तत्पश्चात् विभिन्न जिल्लाहरुमा कृषक/व्यवसायीले पालन गरिरहेका पन्छीहरुमा बर्डफ्लु रोगको संक्रमण देखिएको कुरा सर्वविदितै छ । यो रोग लागि सकेपछि पन्छीहरुमा अत्याधिक मृत्युदर हुने हुँदा कृषक र व्यवसायीहरु पन्छीपालन व्यवसायबाट पलायन हुने अवस्था सृजना हुने र खाद्य तथा पोषण सुरक्षामा असर पर्ने प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका पशु चिकित्सक डाक्टर बब्लु ठाकुरले बताउनुभयो ।

बर्डफ्लु नियन्त्रणमा सरकारको प्रयास

संक्रमण देखिएको स्थानमा पूर्ण निसंक्रमणका कार्यहरु गरिएको छ । संक्रमण देखिएको स्थानबाट रोग अन्यत्र फैलिन नदिन नमूना संकलन र निगरानीका कार्यहरु सञ्चालन भईरहेको छ । बागमती प्रदेश सरकार,  कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाद्वारा बर्डफ्लु रोग रोकथाम तथा नियन्त्रण गर्न काम गरिएको छ ।

बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि वाग्मती प्रदेश सरकार मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा अन्य कर्मचारीहरुलाई लामो बिदामा नबस्न र जिल्ला नछाड्न पत्राचार गरिएको जनाएको छ ।    बर्डफ्लु रोग छिटो निदानको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरुबाट परीक्षण गर्ने व्यवस्था मिलाइएको छ । संक्रमण फैलिन नदिन पन्छीहरुको आवतजावत नियमनको लागि नेपाल प्रहरीसँग समन्वय गरिएको छ । पन्छीपालक व्यवसायीहरुले पन्छी ढुवानी गर्दा जाँचमा कडाई गर्ने र ढुवानी गर्दा अनिवार्य गर्ने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको छ ।

यसैगरी वाग्मती प्रदेशभित्र बर्डफ्लु रोग नियन्त्रणको लागि आवश्यक जनशक्ति व्यवस्थापनको लागि कृषि तथा पशु विज्ञान अध्ययन संस्थानसँग छलफल भइरहेको छ । कृषकहरुलाई बर्डफ्लु रोगको छिटो सूचना प्रवाह गर्ने कार्य सहजीकरण गर्नको लागि टोल–फ्री नम्बरको व्यवस्था गर्ने प्रक्रिया अघि बढाइएको छ ।    रोग नियन्त्रण गरी थप आर्थिक क्षति हुन नदिन तत्काल आपतकालीन योजना बनाई कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । बर्डफ्लु रोग सम्बन्धी जनचेतनामूलक सामाग्रीहरु सञ्चार माध्यमहरुबाट प्रचार–प्रसार गरिएको छ । बर्डफ्लु नियन्त्रणको लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय गरि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रहरु आपतकालिन रोग अन्वेषण र संक्रमित  पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामाग्रीहरु हटाउने वा नष्ट गर्ने जस्ता कार्यहरुमा खटिएका छन् ।बर्डफ्लु रोग नियन्त्रणको लागि जिल्लास्तरीय बर्डफ्लु नियन्त्रण समितिको वैठक गरि अन्तर निकाय समन्वय गरिएको छ । बर्डफ्लु रोग नियन्त्रण बारे बर्डफ्लु जोखिमयुक्त र संक्रमित जिल्ला अन्तरगतका स्थानीय तह र सरोकारवाला निकायहरुसँग समन्वय गर्न अन्तरक्रिया कार्यक्रमहरु तीव्ररुपमा सञ्चालन भइरहेको छ ।

सोमबार, चैत २१, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.