चैत्र २०, काठमाडौं ।सन् २०२२ को मार्च महिनामा ४२ हजार ६ जना पर्यटक नेपाल आएका छन् । यो सङ्ख्या गएकाे वर्षको भन्दा एक सय ८० प्रतिशतले धेरै भएको पर्यटन बोर्डले जनाएको छ ।
पोहोरको मार्च महिनामा जम्मा १४ हजार नौ सय ७७ जना पर्यटक नेपाल आएका थिए । कोरोना महामारी सुरु नहुँदै सन् २०१९ मा भने मार्च महिनामा नेपाल आउने पर्यटकको सङ्ख्या एक लाख २७ हजार जनाभन्दा धेरै थियो ।
Advertisement

