चितवन, जेठ १९।
ब्लड डोनर्स सोसाइटी चितवनले माडिमा राहतस्वरुप खाद्यान्न वितरण गरेको छ। सोसाइटीले सन्चालन गरेको निशुल्क खाद्यान्न संकलन तथा बितरण अभियानको १२ औ दिनमा
माडि नगरपालिका वडा न ०८ का ३५ चेपाङ घरपरिवारलाई राहत स्वरुप खाद्य सामाग्री सहयोग गरेको हो। 
बितरण कार्यक्रममा माडि नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल , ०८ वडा अध्यक्ष कृष्ण राज अधिकारी लगायतको उपस्तिथि रहेको थियो ।
सोहि अवसरमा मेयर ढकालले सो कार्यक्रम समय सान्दर्भिक रहेको भन्दै आगामि दिनमा सस्थालाइ आवस्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
अभियानले १२ दिनसम्म करिव ७०० सडक मानबहरुलाइ निशुल्क खाना खुवाएको थियो र
९० परिवारलाइ राहत बितरण गरेको छ , साथै सोसाईटिले वेवारिसे पशुपन्छिलाइ फलफुल समेत खुवाएको कार्यक्रम सम्योजक अर्जुन अधिकारीले जानकारी दिनुभयो। आफ्नो यो अभियानले यो अति बिपन्न परिवारको अबस्थालाइ केहि राहत महशुस गराउन सकोस भन्ने सोसाइटीको ऊदेश्य रहेको छ। साथै सो कार्यक्रमलाई मिसन टु सपोट नामक अभियानको समेत सहयोग रहेको थियो ।

