चैत्र १३, काठमाडौं ।नेपाल आयुर्वेद औषधि व्यवसायी संघ चितवनको अध्यक्षमा बालगोपाल श्रेष्ठ चयन हुनुभएको छ । श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ । श्रेष्ठ यसअघि कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । नयाँ कार्यसमितिमा अध्यक्ष बालगोपाल श्रेष्ठ, उपाध्यक्ष साधुराम भट्ट, सचिवमा हिरामणी शर्मा, सहसचिवमा गोविन्द पौडेल, कोषाध्यक्षमा कृष्णबहादुर बुढाथोकी, सहकोषाध्यक्ष नारायण खतिवडा चयन हुनुभएको छ ।
सदस्यहरुमा विक्रम पौडेल, सन्तराज शर्मा, गोमा कोइराला चयन हुनुभएको छ । २ जना सदस्य मनोनित गरिने जनाइएको छ । दोस्रो जिल्ला अधिवेशनले ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
Advertisement
चितवनमा ६ वटा नीजि आर्यूवेद अस्पताल, १५ वटा क्लिनिक, ३ वटा होलसेल सञ्चालनमा छन् । चितवनमा कोभिड–१९ को संक्रमण फैलिएसँगै आयूर्वेद उपचारमा आकर्षण बढेको छ ।

