• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

स्थानीय तह निर्वाचन : कर्णालीमा काँग्रेसलाई माओवादीको डर


चैत्र १३, काठमाडौं ।प्रमुख राजनीतिक दल नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले कर्णालीमा आफू पहिलो शक्ति बन्ने दाबी गर्दै आएका छन् । दलका नेताहरूले स्थानीय तहको निर्वाचन मिति घोषणा भएदेखि नै आफ्नो दल पहिलो शक्ति बन्ने दाबी गर्न थालेका हुन् ।कार्यकर्तामा ऊर्जा भर्न तथा मतदातालाई प्रभावित पार्न निर्वाचन अघि दलहरूले यस्तो दाबी गर्नु सामान्य हो । यद्यपि जनमत कसको पक्षमा छ भन्ने विषयलाई निर्वाचनले नै निर्धारण गर्नेछ । स्थानीय तहको निर्वाचनमा आफू पहिलो शक्ति बन्ने दाबी गरेका दलहरू भित्री रूपमा भने त्यति ढुक्क र विश्वस्त हुन सकेका छैनन् । ०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा एमाले पहिलो शक्ति बनेको थियो ।

Advertisement

कर्णालीमा एमालेले २७ पालिकामा आफ्नो वर्चश्व कायम गरेको थियो भने दोस्रो शक्तिको रूपमा माओवादी केन्द्रले २५ पालिकामा जित हासिल गरेको थियो । काँग्रेस भने तेस्रो स्थानमा सीमित रह्यो ।करिब पाँच वर्षको यो अवधिमा एमाले विभाजन भइसकेको छ । एमाले विभाजन भएको लाभ काँग्रेसले लिन सक्ने अनुमान पनि गरिँदैछ । एमालेको केन्द्रीय कमिटीको बैठकमा कर्णाली प्रदेशमा आफ्नो अवस्था तुलनात्मक रूपमा कमजोर रहेको रिपोर्टिङ प्रस्तुत भइसकेको छ ।वर्तमान सत्ता गठबन्धन स्थानीय तहको निर्वाचनमा पनि कायम रहने हो र उनीहरु तालमेल गरेर चुनावमा सहभागी हुने हो भने एमालेको अवस्था कमजोर हुन सक्ने एमालेको आन्तरिक निष्कर्ष छ । वर्तमान सत्ता गठबन्धन नै कायम रह्यो भने १५ पालिकामा मात्र आफूले जित्न सक्ने एमालेको आँकलन छ भने एक्लाएक्लै लडेको खण्डमा २९ पालिकामा जित्न सकिने उसको निष्कर्ष छ ।अघिल्लो निर्वाचनमा २७ पालिकामा जित हासिल गरेको एमाले आसन्न निर्वाचनमा सबै दल एक्लाएक्लै भिडेको अवस्थामा २९ पालिकामा जित हासिल गर्ने आँकलन गरिरहेको छ ।

Advertisement

तर एमालेबाटै विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले भने एमालेको त्यस्तो आँकलन हावादारी भएको बताएको छ । नेकपा एकीकृत समाजवादीका प्रदेश इञ्चार्ज प्रकाश ज्वालाले रातोपाटीसँग भने, ‘एमाले एक्लै लड्दा २९ पालिका जित्न सक्ने कुनै आधार नै छैन । अर्को कुरा, तीन मेजर पार्टीबीच गठबन्धन हुँदा एमालेले १५ पालिका जित्छ भन्नु त जनतामा भ्रम फैलाउने काममात्र हो । गठबन्धन रहिरह्यो भने एमालेलाई वडामा जित्न पनि मुस्किल हुन्छ ।’एमालेका प्रदेश कमिटी अध्यक्ष विनोद कुमार शाहले केही समय अगाडि रातोपाटीसँग कुरा गर्दै कर्णालीमा पहिलो शक्ति एमाले हुने र एमालेको प्रतिस्पर्धी काँग्रेस रहेको बताएका थिए । यद्यपि केन्द्रमा गरिएको रिपोर्टिङमा भने उनको त्यो अडान विपरीतको परिणाम आँकलन गरिएको छ ।

नेपाली काँग्रेसले आफू नै कर्णालीमा पहिलो शक्ति हुने दाबी गरिरहेको छ । काँग्रेसको कर्णाली प्रदेश कार्यसमितिका सभापति ललितजङ्ग शाहीले केही दिन अघि काँग्रेस नै पहिलो शक्ति बन्ने दाबी गरेका थिए । तर शुक्रबार केन्द्रीय कमिटीको बैठकमा उनको रिपोर्टिङ भने बेग्लै रह्यो । काँग्रेस आफ्नो गठबन्धन घटक नेकपा माओवादी केन्द्रसँग डराएको देखिन्छ ।

सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने कर्णालीका धेरै जिल्लामा काँग्रेस निल हुने बताएका छन् । ‘नेकपा माओवादी केन्द्रले ज–जसले जहाँ जितेको हो, त्यो ठाउँमा उसैलाई कायम राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा मात्र गठबन्धनबीच भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ,’ उनले केन्द्रीय कमिटी बैठकमा भने, ‘यस्तो गर्दा कर्णालीका धेरै पालिकामा काँग्रेस निल हुन्छ ।’

०७४ मा भएको निर्वाचनको जनमत हेर्ने हो भने एमालेको ३८, माओवादीको ३१ र काँग्रेसको झण्डै २७ प्रतिशत मत थियो । तर काँग्रेस अहिले एक्लै चुनावी मैदानमा गएको खण्डमा पनि धेरै ठाउँमा हार्ने नेताहरूको विश्लेषण छ ।

यता, माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले भने गठबन्धन बनाएर निर्वाचनमा गएको खण्डभन्दा पनि धेरैजसो ठाउँमा एक्ला–एक्लै लड्दा माओवादीले सहज जित्ने बताइसकेकी छन् । उनले भनिन्, ‘अरू प्रदेशको तुलनामा कर्णालीमा माओवादीले एक्लै जित्छ, कसैको वैशाखी टेकेर चुनावमा जानुपर्छ भन्ने पक्षमा हामी छैनौँ ।’

सत्तारुढ गठबन्धनभित्र पालिकाहरूमा कसरी तालमेल गर्ने भन्ने खाका तयार भइसकेको छैन भने एमाले पनि सकेसम्म काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच तालमेल नहोस् भन्ने नै चाहिरहेको छ । यो अवस्थामा कर्णाली प्रदेशमा एमाले विभाजनको असर कति देखिने हो र सत्तारुढ गठबन्धनबीच तालमेल हुने हो कि होइन भन्ने विषयले पनि प्रदेशमा को कति बलियो हुने भन्ने विषय निर्धारण गर्दछ । अहिलेको अवस्थामा काँग्रेसभित्रको गुटबन्दी र माओवादी केन्द्रका कार्यकर्तामा देखिएको नैराश्यताले पनि स्थानीय तहको निर्वाचन परिणाम कस्तो होला भन्ने आँकलन गर्न त्यति सहज देखिँदैन ।

आइतबार, चैत १३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.