• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

एक्ला एक्लै हिँडेर देश विकास गर्न सकिदैनः प्रचण्ड


चैत्र ११, चितवन ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले एक्ला एक्लै हिँडेर देश विकास गर्न नसकिने बताएका छन् ।

Advertisement

भरतपुर महानगरपालिकाको अत्याधुनिक प्रशासकीय भवनको आज शिलान्यास गर्दै अध्यक्ष दाहालले एक्लाएक्लै हिँडेर कोही पनि गन्तव्यमा पुग्न नसकिने बताए । उनले आगामि निर्वाचनसम्म सहमति, सहकार्य र एकताका आधारमा गठबन्धनका दलहरु अगाडि बढ्ने बताए । अध्यक्ष दाहालले नेपाली कांग्रेस भित्र एक्लाएक्लै चुनाव लड्नुपर्ने आवाज उठेको भन्दै यसले देशलाई गति दिन नसक्ने बताए । उनले एक्लाएक्लै अघि बढ्ने कुरामा माओवादीको आपत्ति नरहेको भन्दै यसरी अघि बढ्दा देशमा शान्ति प्रक्रिया र संविधान निर्माण हुन्थ्यो भन्दै प्रश्न गरे । उनले कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले जीवनको अन्त्यतिर सहमति, सहकार्य र एकताबाट मात्रै देशको भलो हुन्छ भन्ने अडानलाई बिर्सन नहुने बताए ।

Advertisement

अध्यक्ष दाहालले हाल पार्टीको मात्रै नभई सिंगो राष्ट्रको अध्यक्षको जिम्मेवारी आफ्नो टाउकोमा रहेको अनुभूति रहेको गरेको बताए । देशमा कुनै समस्या पर्ने बित्तिकै त्यसलाई समाधान गर्ने जिम्मेवारी आफ्नै काधमा आउने गरेको भन्दै संकट टार्ने हरेक जिम्मेवारी आफ्नो काधमा आएको बताए । अध्यक्ष दाहालले कार्यकालको अन्त्यतिर पनि भरतपुरमा भइरहेको विकासको गति देखेरै संघीय सरकार चितवनतर्फ पनि केन्द्रीत भएको बताए । उनले यसैस्वरुप माडीमा तटबन्धका लागि करौंडो रकम छुट्याएको र भरतपुरमा स्मार्ट सिटीको अवधारणा अन्तरगत थप ५० करोड रकम छुट्याएको बताए । उनले मकवानपुरदेखि चितवन र नवलपुरलाई जोडेर विकास प्राधिकरणको अवधारणा ल्याउन छलफल समेत चलाएको बताए ।

अध्यक्ष दाहालले भरतपुरको विकासलाई प्रमुख प्रतिपक्षी दल एमालेले राम्रोलाई राम्रो भन्न नसक्नु गम्भिर शंकाको रुपमा रहेको बताए । उनले यस्तै व्यवहारले झुटको खेती भइरहेको आरोप लगाए । कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले लामो मेहनतपछि संघीय सरकारबाट बजेट सुनिश्चिता पश्चात महानगरको सुविधासम्म भवन निर्माण थालिएको बताइन् । उनले आफ्नो कार्यकालमा उल्लेखीय विकास निर्माणको काम गरेको भन्दै जनताले मुल्यांकन गर्ने बताइन् । महानगरले हाल कार्यालय रहेको स्थानमै ९४ करोड बढी खर्चमा सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गर्न लागेको हो । भवन सात कठ्ठा क्षेत्रफलमा निर्माण हुनेछ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले स्वागत मन्तव्य व्यक्त गरिन् भने बागमती प्रदेशका सांसद एवंम पूर्वमन्त्री विजय सुवेदी, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (माओवादी केन्द्र) चितवनका संयोजक रामचन्द्र अधिकारी, नेकपा (एकीकृत समाजवादी) चितवनका उपाध्यक्ष कृष्ण न्यौपाने, जसपाका संघीय परिषद् सदस्य मुस्तफा अलि, उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननाराण श्रेष्ठ र चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले मन्तव्य व्यक्त गरेका थिए ।

शुक्रबार, चैत ११, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.