हेटौंडा । मकवानपुरमा कोरोना महामारी नियन्त्रणको लागि गत बैशाख १९ गते रातीबाट लागु भएको निषेधाज्ञा गएराति बाट जेठ २० गते सम्म जारी रहने भएको छ । जेठ ११ गते बसेको जिल्ला प्रशासन कार्यलय मकवानपुरको कोरोनन संकट ब्यवस्थापन केन्द्र मकवानपुरको बैठकले निषेधाज्ञा जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको थियो । आजबाट जारी भएको निषेधाज्ञा थप कडा हुने प्रशासनलले जनाएको छ ।
प्रशासनले बैशाख २० गतेबाट ३१ गते राति १२ बजेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका,थाहा नगरपालिका,भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । बैशाख ३० गते कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकर्ले मकवानपुरभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । बैठकले ३१ गते राति १२ बजेबाट जेठ १३ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।जेठ ११ गते बसेको कोरोना संकट ब्यवस्थापन केन्द्र मकवानपुरको बैठकले निषेधाज्ञा जेठ २० गतेसम्म जारी राख्ने निर्णय गरेको हो । कोरोना संक्रमण पुष्टि हुनेको संख्या बढे संगै संक्रमण जोखिमलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञालाई जारी राख्दै आएको छ ।

