काठमाडौँ –
प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले वर्तमान शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्र ध्वस्त पारेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार बोल्दै सांसद सिंहले शिक्षा मन्त्रीले शिक्षालाई ध्वस्त पारेको बताएका हुन् ।
Advertisement
उनले भने– ‘शिक्षामन्त्री हुनुहुन्छ । शिक्षालाई ध्वस्त पार्नुभयो । हाम्रा युनिभर्सिटीहरू अटोनोमोनस छन् । शिक्षा मन्त्रालयको शाखा कार्यालयहरू होइनन् कि भिसी, रेक्टर, रजिस्ट्रारलाई बोलाएर लाइन लगाउने । र, त्यहाँ समावेशीको धज्जी उडाइएको छ ।’


