• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

रोटरी करुणालय वृद्धाश्रममा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न


भदौ २२, देवघाट –
स्पाउज क्लब अफ आर सि चितवन( Spouse Club of RC Chitwan) को आयोजनामा देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रम मा तीज विशेष दर खाने कार्यक्रम आत्मीय एवं उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ।
नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूसँग खुशी साटासाट गर्दै उनीहरूको सम्मान, आत्मीयता र सामाजिक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता स्पाउज अध्यक्ष श्रीमती जानकी शर्मा ले गर्नुभएको थियो भने सचिव श्रीमती बबिता घिमिरे ले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठ रहनुभएको थियो। त्यसैगरी करुणालयका अध्यक्ष तथा रोटरी क्लब अफ चितवनका पुर्ब अध्यक्ष उत्तमलाल चुके विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
कार्यक्रममा स्पाउज क्लबका २५ जना, रोटरियन १० जना, वृद्धाश्रमका ३५ जना आवासीय ज्येष्ठ नागरिक, बाह्य सेवाग्राही १२५ जना तथा कार्यालय कर्मचारी १० जना गरी उल्लेख्य सहभागिता रहेको थियो।
तीज विशेष भोजन कार्यक्रममा वृद्धाश्रमका ज्येष्ठ नागरिक तथा सहभागीहरूका लागि तीज विशेषका रूपमा साकाहारी खानाका विभिन्न परिकारको व्यवस्था गरिएको थियो।
कार्यक्रमका लागि आवश्यक आर्थिक स्रोत स्पाउज क्लब का सदस्यहरूको व्यक्तिगत योगदान, रोटरी क्लब अफ चितवन तथा वृद्धाश्रम बाट प्राप्त भएको थियो।

Advertisement

Advertisement

कार्यक्रममा अध्यक्ष जानकी शर्माले वृद्धाश्रममा बसोबास गरिरहनुभएका सम्पूर्ण महिला तथा पुरुष ज्येष्ठ नागरिकप्रति हार्दिक सम्मान र शुभेच्छा व्यक्त गर्दै तीजको खुशी उहाँहरूसँग बाँड्न पाएकोमा आभार व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दानदाता, स्पाउज का सदस्य तथा रोटरियनहरूलाई धन्यवाद र आभार व्यक्त गर्नुभयो।
प्रमुख अतिथि रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले कठिन परिस्थितिमा पनि स्पाउज क्लबले ज्येष्ठ नागरिकहरूको सम्मान र खुशीका लागि गरेको यस्तो प्रशंसनीय कार्यक्रमको सराहना गर्दै कार्यक्रमका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक तथा मानवीय कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो।
त्यसैगरी करुणालयका अध्यक्ष तथा रोटरी क्लब अफ चितवनका पास्ट प्रेसिडेन्ट उत्तमलाल चुकेले स्पाउज क्लबका सदस्यहरूले वृद्धाश्रममा आएर ज्येष्ठ नागरिकहरूसँग तीजको खुशी साटेकोमा प्रशंसा गर्दै कार्यक्रमका लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले वृद्धाश्रमका ज्येष्ठ नागरिकप्रति देखाइएको माया, सद्भाव र सहयोगका लागि आयोजक तथा सहयोगी सबैप्रति आभार प्रकट गर्नुभयो।
कार्यक्रमले “सेवा, सद्भाव र सहकार्यका लागि” भन्ने भावनालाई आत्मसात् गर्दै ज्येष्ठ नागरिकहरूको जीवनमा पनि खुशी, आत्मीयता र उत्साह थपेको आयोजकले जनाएको छ।
स्पाउज क्लबले आगामी दिनमा पनि समुदायका ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आवश्यकता भएका वर्गका लागि यस्ता सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

मङ्गलबार, भदौ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.