काठमाडौँ –
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज साेमबार दिउँसो साढे ३ बजे सम्बोधन गर्न लागेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
Advertisement
राष्ट्रपति पौडेल आजै त्रिशूली बाढी प्रभावित क्षेत्र नुवाकोट पुगेर स्थलगत अवलोकन गरेर फर्केका थिए । भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका जिल्लामा ठुलो जनधनको क्षति भएको थियो ।


