• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

हंस बहुउद्देश्यीय सहकारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार सहयोग


भदौ १६ चितवन — लाङटाङ लिरुङ हिमालमा भएको हिमनदी पतन (ग्लेसियर कोल्याप्स) का कारण भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी र लेदो बहावबाट प्रभावित नागरिकहरूको राहत एवं उद्धार कार्यमा सहयोग पुर्‍याउन भरतपुर–१, शहीदचोक, नारायणगढस्थित हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३ लाख २३ हजार ४ सय ५६ सहयोग गरेको छ।

Advertisement

संस्थाको सञ्चालक समितिको मिति २०८३ भदौ १५ गते बसेको ३६२ औं बैठकको निर्णयबमोजिम सो रकम २०८३ भदौ १६ गते बैङ्किङ प्रणालीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तोकिएको खातामा जम्मा गरिएको संस्थाले जनाएको छ।
“विपद्‌को घडीमा समुदायसँगै उभिनु सहकारीको मूल मर्म हो,” संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले भने, “यो रकम कुनै एक व्यक्ति वा कोषबाट मात्र होइन, पदाधिकारी र कर्मचारी सबैको स्वेच्छिक सहभागिताबाट जुटेको हो।” यस वर्ष तीजलगायत पर्वका कार्यक्रम खर्च कटौती गरी सोही रकम राहतमा लगाउने निर्णय गरिएको र यो सहयोग रकम मात्र नभई प्रभावित परिवारप्रतिको अपनत्वको अभिव्यक्ति भएको समेत उनले बताए।

Advertisement

वि.सं. २०८३ भदौ १० गते नेपाल–चीन सीमा क्षेत्रस्थित लाङटाङ लिरुङ हिमालमा भएको हिमनदी पतनपछि आएको विनासकारी बाढीले रसुवालगायत आसपासका जिल्लाहरूमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। सो विपद्‌मा नौ सयभन्दा बढी नागरिकको ज्यान गुमेको र हजारौँ मानिस बेपत्ता भएका छन् भने रसुवागढी नाका, स्थानीय बस्ती तथा महत्वपूर्ण जलविद्युत् आयोजनाहरूमा समेत व्यापक क्षति पुगेको छ। वि.सं. २०७२ सालको महाभूकम्पपछिको सबैभन्दा घातक प्राकृतिक विपद्‌का रूपमा यसलाई लिइएको छ।

सहयोग रकम संस्थाभित्रकै सहभागिता र कोष विनियोजनबाट जुटाइएको हो। संस्थाका २४ जना कर्मचारीको एक दिनको तलब बापत रु. ३० हजार ३ सय ८१, सञ्चालक समितिका ११ जना पदाधिकारीको तीन बैठकको भत्ता बापत रु. ५६ हजार १ सय, लेखा तथा सुपरिवेक्षण समितिका तीन जनाको एक बैठकको भत्ता बापत रु. ५ हजार १ सय र विभिन्न उपसमितिका २५ पदाधिकारीको एक-एक बैठकको भत्ता बापत रु. ३१ हजार ८ सय ७५ गरी रु. १ लाख २३ हजार ४ सय ५६ सङ्कलन भएको छ। यसमा संस्थाको सामुदायिक विकास कोषबाट रु. एक लाख र तीज तथा पर्व कार्यक्रमको खर्च कटौती गरी थप रु. एक लाख जोडिएको छ।
“तलब र बैठक भत्ताबाट कट्टी हुने रकममा प्रचलित कानुनबमोजिम १५ प्रतिशत अग्रिम कर कट्टी गरी खुद रकम मात्र कोषमा जम्मा गरिएको हो,” संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले जानकारी दिए, “रकम बैङ्किङ प्रणालीमार्फत जम्मा गरी भरपाईसहितको प्रतिवेदन सञ्चालक समितिमा पेस गरिनेछ।” सोही विवरण संस्थाको वार्षिक प्रतिवेदनमार्फत सदस्यहरूसमक्ष समेत सार्वजनिक गरिने उनले बताए।
“बचत तथा ऋण र बहुउद्देश्यीय व्यवसायका अतिरिक्त सामाजिक उत्तरदायित्व बहन गर्नु हाम्रो नियमित कार्यक्रम हो,” अध्यक्ष चुकेले भने। संस्थाले विगतदेखि नै शिक्षा, स्वास्थ्य, वातावरण र सामुदायिक विकासका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम जारी राख्ने उनको भनाइ छ।

संस्थाले आगामी दिनमा प्रभावित क्षेत्रका सहकारी संस्थाहरूसँग समन्वय गरी दिगो पुनर्स्थापनाका कार्यक्रममा समेत सहकार्य गर्ने जनाएको छ। साथै आफ्ना सदस्य तथा शुभेच्छुकहरूलाई आ-आफ्नो सामर्थ्यअनुसार राहत प्रयासमा सहभागी हुन संस्थाले आह्वान गरेको छ।
भरतपुर–१, शहीदचोक, नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले टाँडी, विजयनगर र जीतपुर गरी तीन सेवा केन्द्रमार्फत बचत तथा ऋणलगायत बहुउद्देश्यीय सेवा सञ्चालन गर्दै आएको छ। संस्थाले व्यावसायिक सेवाका साथसाथै सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम पनि नियमित रूपमा सञ्चालन गर्दै आएको छ।

मङ्गलबार, भदौ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.