भरतपुर- भरतपुर–५, दर्शन टोलस्थित सुनगाभा आमा समूहले रसुवा बाढीपीडितका लागि ३३ हजार ५६५ रुपैयाँ सहयोग गरेको छ।
तीजमा दर खाने तथा रमाइलो गर्ने प्रयोजनका लागि छुट्याइएको रकमबाट यस वर्ष तीज कार्यक्रम नगरी उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय समूहले गरेको हो।
Advertisement
दर्शन टोलका अध्यक्ष पुर्णकान्त पौडेलले समूहको यो निर्णय प्रशंसनीय रहेको बताउँदै भन्नुभयो, “दुःखमा परेका नागरिकको सहयोगका लागि आफ्नो पर्वको खर्च कटाउनु मानवताको उत्कृष्ट उदाहरण हो। सुनगाभा आमा समूहलाई हार्दिक धन्यवाद।”


