मन्थली –
विनाशकारी बाढीपीडितको राहत र उद्धारका लागि स्थापना गरिएको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को नाममा भ्रम फैलाएर ठगी गर्ने एक व्यक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ।
Advertisement
पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं. २, ठोसे बस्ने ३२ वर्षीय भगवान कार्की रहेका छन्।
उनले सो नक्कली स्टेटमेन्टसँगै आफ्नो व्यक्तिगत QR कोड समेत सामाजिक सञ्जालमा राखेर अन्य व्यक्तिहरूलाई पनि सहयोग गर्न आह्वान गर्दै ठगी धन्दा चलाइरहेको प्रहरीले जनाएको छ। मानिसहरूले राहत कोषमा पैसा पठाएको ठानेर उनको व्यक्तिगत खातामा पैसा पठाउने जोखिम बढेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको जानकारी दिनुभयो।


