काठमाडौँ –
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन् । मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएको हो ।
Advertisement
असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता साझेदार गरेको, नेकपा र नेकपा एमालेबिच भएको पाँच बुँदे निर्देशन अनुसार मन्त्रालय भागबन्डा नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । सत्ता सहकार्यको विषयमा केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गर्ने सहमति अनुसार मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय भएको सांसद गङ्गानारायण श्रेष्ठले रातोपाटीलाई बताए ।
केन्द्रले गरेको निर्णयप्रति नेकपा केन्द्रीय संयोजन समितिका सदस्य रहेका श्रेष्ठ सहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ असन्तुष्टि जनाएका थिए ।
यीमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक एकीकृत समाजवादीतर्फका हुन् भने बाँकी माओवादी केन्द्रका सांसद हुन् ।


