काठमाडौँ –
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा चुनदेवीस्थित सम्पर्क कार्यालयमा आज दोस्रो पटक पुगेका छन्। पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गरी आफू नेतृत्वको समूहले स्थापना गरेका सम्पर्क कार्यालयमा देउवा केही बेरअघि पुगेका हुन् ।
Advertisement
अहिले उनले त्यहाँ नेता कार्यकताहरूसँग भेटघाट गरिरहेका छन् । यसअघि साउन २८ गते स्वास्थ्य उपचारपछि नेपाल फर्किए लगत्तै देउवा सिधै चुनदेवीस्थित कार्यालय पुगेका थिए ।
देउवाले अहिले समूहका नेता कार्यकर्तासँग पार्टीको आन्तरिक विवाद र कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।


