चितवन- गायक तथा संगीतकर्मी रमेशराज भण्डारीले नयाँ तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक गरेका छन्।
रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको गीतमा बासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको लय रहेको छ। गीतमा गुल्मीको रेसुङ्गा र धुर्कोट दरबार, बागलुङको ढोरपाटन, पोखरा, इलाम, काठमाडौंलगायतका पर्यटकीय तथा ऐतिहासिक गन्तव्यलाई समेटिएको छ।
निशान बानियाँको निर्देशनमा तयार भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायतको अभिनय रहेको छ। भिडियो सम्पादन सुजन कोइरालाले गरेका छन्।
भण्डारीका अनुसार गीतले तीजको मनोरञ्जनसँगै नेपाली कला, संस्कृति, मौलिकता र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिएको छ। ‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भाव बोकेको गीत साउन २५ गते साँझ ५ः४५ बजे रमेशराज भण्डारीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।


