भरतपुर- नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले चितवनस्थित आफ्नो आधिकारिक शोरुममार्फत नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट विद्युतीय एसयूभी सार्वजनिक गरेको छ। सार्वजनिकसँगै कम्पनीले ग्राहकलाई सवारी हस्तान्तरण (डेलिभरी) पनि सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार आधुनिक प्रविधि र स्मार्ट सुविधासहितको इ.मास ५ मा रियर–ह्विल ड्राइभ (RWD), १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो लगायतका सुविधा उपलब्ध छन्। यो गाडीले हालै मलेसियाको ‘Electric Compact Vehicle of the Year 2026’ उपाधि समेत जितेको थियो।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ओलीसहित विभिन्न व्यवसायी, अटोमोबाइल क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति रहेको थियो।
प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले प्राइमको प्रारम्भिक मूल्य रु. २९.९९ लाख र प्रिमियमको रु. ३४.९९ लाख तोकेको छ। यो मूल्य पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि लागू हुने कम्पनीले जनाएको छ।

