१० साउन, धनगढी-
सुदूरपश्चिम प्रदेशमा एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) नयाँ सरकार विस्तारको गृहकार्यमा जुटेका छन् ।
Advertisement
पार्टी केन्द्रमा भएको सहमतिअनुसार दुई दलबीच सत्ता सहकार्य हुने भएपछि यहाँ पनि सरकार विस्तारका लागि दुवै दल आन्तरिक परामर्शमा जुटेका हुन् ।
सहमतिअनुसार सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्नेछ । अर्को परिस्थिति सिर्जना नभए नेकपाबाट संसदीय दलका नेता खगराज भट्ट मुख्यमन्त्री बन्ने तयारीमा छन् ।

