चितवन – लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सहायपत्रीको संयुक्त आयोजनामा निर्माण गरिएको लायन्स प्रतीक्षालयको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आरका डिष्ट्रिक्ट गभर्नर PMJF लायन प्रभाकर पण्डितले प्रतीक्षालयको समुद्घाटन गर्नुभएको थियो। कार्यक्रममा डिष्ट्रिक्टका पूर्व डिष्ट्रिक्ट गभर्नर (PDG) हरू, क्याबिनेटका विभिन्न पदाधिकारी, विभिन्न लायन्स क्लबका प्रतिनिधिहरू तथा लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रम लायन्स क्लब अफ चितवन युथका अध्यक्ष MJF लायन शोभाखर अधिकारीको अध्यक्षता तथा लायन्स क्लब अफ चितवन युथ सहायपत्रीकी अध्यक्ष लायन सुधा पौडेलको सहअध्यक्षतामा सम्पन्न भएको हो।
उद्घाटन समारोहमा वक्ताहरूले लायन्स क्लबले समाजमा दीर्घकालीन प्रभाव पार्ने सेवामूलक परियोजनालाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै देवघाटमा निर्माण गरिएको यो प्रतीक्षालय मानव सेवाको उत्कृष्ट उदाहरण भएको धारणा व्यक्त गरेका थिए। अन्तर्राष्ट्रिय लायन्सबाट प्राप्त ग्रान्टको सदुपयोग गर्दै निर्माण गरिएको उक्त प्रतीक्षालयले देवघाट आउने मलामी, तीर्थयात्री तथा अन्य आगन्तुकलाई आराम गर्ने सुरक्षित र व्यवस्थित स्थान उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा जोन चियरपर्सन ज्योति भन्डारी पौडेलले यस प्रतीक्षालयले देवघाट आउने हजारौं तीर्थयात्री, मलामी तथा सर्वसाधारणलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै मानव सेवाप्रति लायन्सको प्रतिबद्धतालाई अझ प्रभावकारी रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि यस्ता समाजोपयोगी सेवा परियोजनालाई निरन्तरता दिइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।कार्यक्रममा पि डि जी दिनानाथ न्यौपाने ,डिस्टृक्ट चिफ आनन्द पौडेल लगाएतले शुभकामना दिनुभयेको कार्यक्रम सन्चालक दिपक ढकाल हुनुहुन्थियो ।
उक्त परियोजनाले देवघाट क्षेत्रको सामाजिक सेवामा नयाँ आयाम थप्नुका साथै लायन्स क्लब अफ चितवन युथ र लायन्स क्लब अफ चितवन युथ सहायपत्रीको सेवामूलक अभियानलाई थप सशक्त बनाएको पुर्ब अध्यक्ष कमल बहादुर पौडेलले बताउनु भयो ।


