काठमाडौँ-
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत अघि बढिरहेको आरोप लगाएका छन्।
Advertisement
नेकपा उपत्यका प्रदेश समितिले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारको प्राथमिकता सुशासन र विकासभन्दा संविधानले सुनिश्चित गरेका अधिकार तथा व्यवस्थामाथि हस्तक्षेप गर्ने दिशामा केन्द्रित रहेको दाबी गरे।
दाहालका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत महिला, दलित, आदिवासी तथा जनजाति समुदायले प्राप्त गरेका संवैधानिक अधिकार कमजोर पार्ने प्रयास भइरहेको छ। उनले वर्तमान सरकार संविधानको संरक्षण र प्रभावकारी कार्यान्वयनभन्दा त्यसलाई कमजोर बनाउने दिशामा उन्मुख रहेको आरोप पनि लगाए।

