• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

पारिवारिक अवस्था जटिल भएका नागरिकलाई प्रजिअले घरमै पुगेर दिए नागरिकता


भोजपुर-

Advertisement

भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो ।

Advertisement

ममताको पारिवारिक अवस्था जटिल रहेको छ । उनका बुबा लामो समयदेखि बेपत्ता रहेका छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएकी हुन् । अदालतले ममताको हेरचाह तथा कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो । तर संरक्षकका रूपमा रहेकी हजुरआमा स्वयं शारीरिक रूपमा अशक्त रहेकाले हिँडडुल गर्न तथा स्पष्ट रूपमा बोल्नसमेत असमर्थ छन् । जसका कारण नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सम्भव भएको थिएन ।

यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको छ । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली स्वयं ममताको घरमै पुगेर आवश्यक कागजात सङ्कलन, विवरण प्रमाणीकरण तथा प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो । कानुनी प्रक्रिया पूरा गरी घरमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

“संरक्षक असक्त भएकाले नागरिकता प्राप्तिका लागि आवश्यक प्रक्रिया पूरा गर्न जिल्ला प्रशासनसम्म आउन सक्ने अवस्था थिएन”, प्रजिअ पौडेलले भने, “जसका कारण ममताले नागरिकता प्राप्त गर्न सक्नुभएको थिएन । यस्तो कठिन अवस्थामा आवश्यक समन्वय गरी सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले घरमै पुगेर नागरिकता वितरण गरेका हौँ ।” अन्य स्थानीय तहमा भएका असक्त नागरिकलाई पनि घरमै पुगेर सेवा प्रदान गरिरहेको उनले बताए ।

स्थानीय तहले पनि यस कार्यलाई सकारात्मक रूपमा लिएको छ । वडाध्यक्ष जिरामणि राईले प्रमुख जिल्ला अधिकारी स्वयं घरमै पुगेर नागरिकता वितरण गरेको कार्यलाई उदाहरणीय, मानवीय तथा प्रशंसनीय भएको बताए । उनले यस्ता पहलले नागरिकमा राज्यप्रति विश्वास बढाउने धारणा व्यक्त गरे ।

घरमै पुगेर नागरिकता वितरण गरिएको यो घटनाले राज्यको सेवा प्रवाहलाई अझ बढी पहुँचयोग्य, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण सन्देश दिएको उनको भनाइ छ । विशेष गरी असक्त तथा सेवा लिन असमर्थ नागरिकका लागि प्रमुख जिल्ला अधिकारीले खेलेको भूमिका स्मरणयोग्य रहेको वडाध्यक्ष राईले बताए ।

आइतबार, असार २१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.