काठमाडौँ-
सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य तीन निर्णय सार्वजनिक गरेको छ।
Advertisement
सरकारका अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलको म्याद असार मसान्तसम्म थप गर्ने निर्णय गरिएको छ।
यसअघि निर्धारित समयभित्र कार्य सम्पन्न हुन नसकेपछि कार्यदललाई थप एक महिनाको समय दिइएको हो। त्यस्तै मन्त्रिपरिषद्ले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को २०५२ सालको प्रतिवेदन कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ। बैठकले लेखामान बोर्डको अध्यक्षमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

