• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

सिकाइ प्रक्रियामा पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिन शिक्षाविद् प्राध्यापक डा. कोइरालाको सुझाव


चितवन, जेठ २३- नेपालको शैक्षिक अनुसन्धान र अध्यापनमा लामो अनुभव बनाउनु भएको शिक्षाविद प्राध्यापक डा विद्यानाथ कोइरालाले आजको शिक्षकले पूर्वीय दर्शन र सभ्यतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ ।

Advertisement

सप्तगण्डकी बहुमुखी क्याम्पसमा शुक्रबारबाट सुरु भएको प्राज्ञिक अनुसन्धानसम्बन्धी तीन दिने राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज मन्तव्य राख्दै पूर्वीय दर्शनलाई शिक्षा क्षेत्रले बिर्सन नहुने सुझाव दिनु भएको हो ।

Advertisement

सम्मेलनमा डा. कोइरालाले भन्नुभयो, ‘ अहिले हामी पश्चिमा शिक्षाको बाटोमा अन्धाधुन्ध लाग्दा समाजबाट मानवीय मूल्य, मान्यता र असल आचरण हराउँदै गएको छ । नदीमा लगेर ढल मिसाएर प्रदूषण गर्नु हुँदैन भन्ने कुरा गरिरहेका छौं । विकसित देशले समुन्द्रमा रकेट खसालेर समुन्द्रले पर्याप्त अक्सिजन दिन नसकेको कुरा गरिरहेका छन् । अहिले प्रविधिको पछाडि अन्धाधुन्ध लाग्दा पृथ्वी नै ध्वस्त हुने खतरा बढेको छ । विकसित देशले पृथ्वीमाथि गरेको कार्बन उत्सर्जन र दोहनको पीडा हामीले अहिले जलवायु परिवर्तन र तापमान वृद्धि जस्ता समस्याबाट भोगिरहेका छौं ।’ उहाँले धर्म भनेको आफूले आफूलाई बुझ्ने कार्य हो भन्दै प्रकृति नै देवता भएको विचार राख्नु भयो । उहाँले भन्नुभयो, ‘ शिक्षालाई श्रम र उत्पादनसँग जोड्नुपर्छ । किताबी इन्जिनियर र जिन्दगीको इञ्जिनियरबिच ठूलो अन्तर हुन्छ ।

विद्यालय र विश्वविद्यालयमा अहिलेको पढाउने तरिका बदल्नुपर्छ ।’ डा कोइरालाले आफ्नो प्रस्तुतिमा शिक्षालाई वेद, बुद्ध दर्शन र धर्म शास्त्रसँग जोड्दै आज विकसित देशहरुले प्रतिपादन गरेका सिद्धान्त र ज्ञानहरु कयौं वर्ष अघि नै पूर्वीय दर्शनले व्याख्या गरिसकेको जानकारी दिँदै शिक्षा क्षेत्रमा रुपान्तरण गर्नको लागि रुपान्तरण आफूबाट गर्नुपर्नै सल्लाह दिनु भयो ।

त्यसैगरी आज भएको दोस्रो सेसनको छलफलमा काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका सहायक डिन एशोसिएट प्राध्यापक डा. विनोद प्रसाद पन्तले रुपान्तरणकारी सिकाइको लागि स्टिम एजुकेशनको बारेमा आफ्नो प्रस्तुति दिनुभयो । उहाँले अहिलेको शिक्षामा प्रविधिसँगै मानवियतालाई पनि जोड्न सुझाव दिँदै मानवियताको अवधारणाबाट समाजसँग अन्तरक्रिया र छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ शिक्षक सधै कक्षाकोठामा अरुको रेडिमेड ज्ञानमा मात्र भर पर्ने भन्दा पनि अनुसन्धानमार्फत् ज्ञानको उत्पादनमा गर्नुपर्छ । व्यक्ति परिवर्तन भयो भने कक्षा परिवर्तन र संस्था परिवर्तन हुन्छ । शिक्षा अब नागरिकको जीवन पद्धति बन्नुपर्छ ।’ त्यसैगरी आज भएको अन्तिम छलफलमा नेपाल खुला विश्वविद्यालयका सहप्राध्यापक खगेन्द्र प्रसाइले समता, समावेशिता र सामाजिक न्यायको बारेमा आफ्नो प्रस्तुति दिनुभएको थियो ।

सम्मेलनको दोस्रो दिन शनिबार अनुसन्धानसम्बन्धी ३० वटा पेपर प्रस्तुति गरेर त्यसमाथि छलफल भयो । अब भोलि आइतबार बाँकी १४ वटा अनुसन्धान पेपरमा छलफल हुनेछ । भोलि त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विज्ञानका सहप्राध्यापक डा रमेशराज पन्तले वातावरणको दिगोपनाको बारेमा आफ्नो प्रस्तुति दिनुहुनेछ । आइतबार बिहान सम्मेलनमा सहभागी सबै अतिथि र सहभागीहरु मौलाकालिका दर्शन गरेर फर्किएपछि अनुसन्धान पेपरमाथि छलफल र बहस हुनेछ ।

सम्मेलनले शिक्षाविद्, अनुसन्धानकर्ता, नीतिनिर्माता, व्यावसायिक क्षेत्रका प्रतिनिधि तथा विद्यार्थीहरूलाई एक साझा मञ्च प्रदान गर्ने अपेक्षा क्याम्पसको छ । सम्मेलनको मूल उद्देश्य दिगोपना, रूपान्तरणकारी शिक्षा, दिगो व्यवस्थापन तथा प्रविधिमा आधारित नविन अभ्यासहरूका विषयमा विद्वान्, अभ्यासकर्ता अनुसन्धानकर्ता तथा विद्यार्थीहरूबीच ज्ञान, अनुभव र अनुसन्धानका निष्कर्षहरूको आदान–प्रदान गराउनु रहेको छ । यस सम्मेलनका प्रमुख आकर्षणहरूमा विज्ञ वक्तव्य, आमन्त्रित प्रवचन, प्यानल छलफल, शोधपत्र प्रस्तुति, व्यवहारिक कार्यशाला तथा पोस्टर प्रस्तुति रहेका छन् । सम्मेलनले उच्च शिक्षामा अनुसन्धान संस्कृति प्रवद्र्धन, शैक्षिक नवप्रवर्तनको बिस्तार तथा अन्तरसंस्थागत सहकार्य अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । उक्त सम्मेलनलाई विश्वविद्यालय अनुदान आयोग नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । साथै भरतपुर महानगरपालिका, चितवन उद्योग वाणिज्य संघ तथा मौलाकालि केबलकार लिमिटेडले सम्मेलनको सहकार्य तथा सहयोगी संस्थाका रूपमा योगदान पु¥याएका छन् ।

शनिबार, जेठ २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.