• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

प्रचण्डले कम्युनिस्ट आन्दोलन नेतृत्व गर्न सक्दैनन् : विष्णु पौडेल


१६ वैशाख, काठमाडौं-

Advertisement

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुष्पकमल दाहाल प्रचण्डको सत्ता कब्जा गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन अहिले विघटनको अवस्थामा पुगेको आरोप लगाएका छन् ।

Advertisement

बुधबार २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले प्रचण्डसँग अब कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत नरहेको बताएका हुन् ।

पौडेलले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुक्माङ्गद कटवाललाई हटाउने सरकारको निर्णयमा एमालेले कडा असहमति जनाएको स्मरण गराए ।

उनका अनुसार एमालेले सरकारबाट बाहिरिने चेतावनी दिँदा पनि प्रचण्डले हठ नत्यागेका कारण अन्ततः सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो ।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि पनि लोकतान्त्रिक पद्धतिलाई पूर्ण रूपमा आत्मसात् गर्न नसक्दा र सत्ता कब्जाको धङधङी नत्याग्दा आज सो पार्टीको अस्तित्व सङ्कटमा परेको पौडेलको तर्क थियो ।

उनले शान्तिपूर्ण आन्दोलनको बलमा मात्र राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको भन्दै हिंसाको बाटोले कुनै उपलब्धि नदिएको जिकिर गरे ।

‘त्यतिबेला प्रचण्डजीले सेनाप्रमुख हटाएर आफ्नो अनुकूलको मान्छे राख्दै सत्ता कब्जा गर्ने रणनीति बुन्नुभएको थियो । हामीले उहाँलाई ‘यो बाटो आत्मघाती हुन्छ’ भनेर पटकपटक सम्झायौँ तर उहाँले मान्नुभएन,’ पौडेलले भने, ‘उहाँले ‘म अगाडि बढिसकेँ, अल्झाउने काम नगर्नुस्’ भनेर निकै कडा जवाफ दिनुभएको थियो ।’

उनले अहिले माओवादी सङ्गठनको अस्तित्व समाप्तप्रायः भएको दाबी गरे ।

‘प्रचण्डले नेतृत्व गरेको भनिएको माओवादी अहिले माओवादी छैन । उसले माओवाद परित्याग गर्‍यो, जनयुद्ध परित्याग गर्‍यो र हिजोका उग्रवामपन्थी धङधङीबाट अलग भयो,’ पौडेलले थपे, ‘तर ठिक ढङ्गले हिँड्न नसक्दाखेरि कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने हैसियत त्यो सङ्गठन र नेतृत्वसँग छैन । माओवादी सिध्याइएको छ ।’

सरकार संविधान र लोकतान्त्रिक मूल्यविपरीत चल्यो

उपाध्यक्ष पौडेलले वर्तमान सरकारका गतिविधिहरू लोकतान्त्रिक मूल्यमान्यता र संवैधानिक मार्गदर्शनविपरीत रहेको आरोप लगाए । सरकारका पछिल्ला कामकारबाहीले जनतामा निराशा पैदा गरेको भन्दै उनले एमालेको गम्भीर ध्यानाकर्षण भएको बताए ।

सरकारले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुन पाउने अधिकारमाथि प्रहार गरिरहेको उनको आरोप थियो ।

‘ट्रेड युनियन र विद्यार्थीहरूको सङ्गठित हुने अधिकार विश्वव्यापी रूपमा लोकतन्त्रवादी र कम्युनिस्ट दुवैले स्वीकार गरेको मान्य अभ्यास हो,’ पौडेलले भने, ‘तर वर्तमान सरकार यी अधिकारहरूको विरुद्धमा उभिनु विडम्बनापूर्ण छ । जनताबाट निर्वाचित सरकार सधैँ संविधानको मार्गदर्शनमा चल्नुपर्छ ।’

उनले पछिल्लो समय सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको भन्दै ‘अध्यादेशको सिलसिला’ सुरु भएकोमा आपत्ति प्रकट गरे ।

निर्वाचनको पराजयबाट पाठ सिकेर एमालेलाई पुनर्गठित गर्छौँ

उपाध्यक्ष पौडेलले पछिल्लो निर्वाचन (२१ फागुन) मा पार्टीले बेहोर्नुपरेको नतिजालाई ‘गम्भीर धक्का’ का रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने जिकिर गरे ।

विगत १० वर्षमा एमालेले दुईतिहाइ नजिकको सरकार बनाउनेजस्ता ठुला सफलता प्राप्त गरे पनि अहिलेको पराजयले नयाँ चुनौती खडा गरेको उनले बताए । यस विषयमा पार्टीभित्र गम्भीर समीक्षा हुने उनको भनाइ छ ।

‘यसपटक अत्यन्तै नराम्ररी पराजित भएका छौँ, गम्भीर धक्का र असफलता बेहोर्नुपरेको छ । तर यो धक्कालाई चिरेर हामी उठ्छौँ, यसबाट शिक्षा लिन्छौँ,’ पौडेलले भने, ‘पछिल्लो पराजयबाट कतिपय मानिसहरूमा निराशा र पलायनको स्थिति देखापरेको छ । तर पलायन र निराशा समस्याको समाधान होइन ।’

उनले पार्टीको हारका पछाडि आन्तरिक कि बाह्य कारण जिम्मेवार छन्, नीति वा सङ्गठन जिम्मेवार छन् वा नेताहरूको कार्यशैली जिम्मेवार छ भन्ने विषयमा समग्र समीक्षा गरिने बताए ।

‘हाम्रो नेतृत्व, कार्यतरिका, सङ्गठन, आचरण वा अभ्यासमा जहाँ-जहाँ त्रुटि देखिएका छन्, ती भुल र त्रुटिहरूका बारेमा हामी देशवासीहरूसामु निसङ्कोच क्षमायाचना गर्छौँ,”‘ उनले भने ।

आगामी दिनमा ‘जनताको बहुदलीय जनवाद’ (जबज) को मार्गदर्शनमा रहेर पार्टीको नीति र विचारलाई अद्यावधिक गरिने पौडेलले बताए । नेपालको कम्युनिस्ट आन्दोलनले बेलाबेलामा दक्षिणपन्थी र उग्रवामपन्थी अवसरवादको सामना गर्नुपरेको उल्लेख गर्दै उनले जबजको औचित्य अहिले पनि उत्तिकै रहेको दाबी गरे ।

‘हाम्रा असफलता र पराजयले जनताको बहुदलीय जनवादको औचित्यलाई खण्डित गर्न सक्दैन,’ पौडेलले भने, ‘हाम्रो आत्मविश्वासको सबैभन्दा बलियो आधार नै जबज हो । यसैले हामीलाई हाम्रा भुलत्रुटिहरू देख्न, स्वीकार गर्न, सच्याउन र फेरि धुलो टक्टक्याएर उठ्न मार्गदर्शन गर्छ ।’

बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.