काठमाडौँ-
पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था शल्यक्रियापछि स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
Advertisement
अस्पतालका अनुसार ओलीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। उनी यही चैत्र १४ गते अस्पताल भर्ना भएका थिए।
शल्यक्रिया नेफ्रोलोजी विभागका प्रमुख प्रा. डा. दिव्या सिंह शाह र प्रा. डा. महेश राज सिग्देलको समन्वयमा गरिएको अस्पतालले जानकारी दिएको छ।
शल्यक्रियापछि उनलाई निगरानीका लागि सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ। उनको उपचारमा प्रा. डा. प्रमेश सुन्दर श्रेष्ठ र डा. हेमराज पनेरु संलग्न रहने अस्पतालले जनाएको छ।


