काठमाडौँ-
नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ । यस वर्ष एसईईमा ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी छन्। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिइरहेका छन् ।
Advertisement
परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ । यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी छन् ।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिइरहेका छन् । परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको छ ।

