• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

  • १०. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

इरान युद्धका कारण रूसले जितिरहेको जेलेन्स्कीको जिकिर


युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका-इरान युद्धका कारण रूसलाई फाइदा भइरहेको बताएका छन्। साथै युद्ध लम्बिए रूसका लागि धेरै राम्रो र युक्रेनका लागि धेरै नराम्रो हुने जनाएका छन्।

Advertisement

अमेरिकी अनलाइन एक्सियससँग कुरा गर्दै जेलेन्स्कीले तेलमा निर्भर रूसी अर्थतन्त्रले बढ्दो तेलको मूल्य र रूसमाथि लगाएको अमेरिकी प्रतिबन्धहरूमा आएको खुकुलोपनबाट ठूलो राहत पाइरहेको औंल्याएका छन्।

Advertisement

‘म पक्का छु कि रूस लामो युद्ध चाहन्छ। उनीहरूलाई यसबाट फाइदा छ। अमेरिकाको ध्यान मध्यपूर्वमा केन्द्रित भएको छ र उसले युक्रेनलाई दिने सैन्य सहयोग घटाउन सक्छ। प्रतिबन्धहरू आंशिक रूपमा हटाइएका छन्। इरानसँगको युद्ध जारी रहँदा म रूसका लागि फाइदा मात्र देख्छु,’ जेलेन्स्कीले थपे।

अर्कोतर्फ, मध्यपूर्वमा जारी युद्धका कारण रूसी मिसाइलबाट युक्रेनलाई निकै आवश्यक पर्ने ‘एयर डिफेन्स इन्टरसेप्टर’ र हतियारहरूको अभाव हुन सक्ने पनि जनाएका छन्।

इरानमा जारी युद्धले युक्रेनको हतियार आपूर्तिमा बाधा पुर्‍याउने कुराले चिन्तित हुनुहुन्छ कि भनेर सोधिएको प्रश्नमा उनले भने, ‘म चिन्तित मात्र छैन, मलाई पक्का छ कि हामीले यस्ता चुनौतीहरूको सामना गर्नुपर्नेछ। पक्कै पनि।’

उनले रूसले इरानलाई अमेरिकाबारे खुफिया सूचना दिइरहेको कुरा पनि सम्झाए।

युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव नै गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र  ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग  दुई हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा रूसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका छन्।

तर अमेरिकाले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सो प्रस्ताव अस्वीकार गरेको भनेर सो विषयबारे जानकार दुई व्यक्तिहरूको हवाला दिंदै अमेरिकी अनलाइन पोलिटिकोले लेखेको थियो।

अमेरिकाले सो प्रस्तावअस्वीकार गरे पनि त्यसले युरोपेली देशहरूमा चिन्ता जगाएको छ।

पुटिनले अमेरिका र युरोपेली देशहरूबीच फाटो ल्याउन कोशिस गरिरहेको भनेर उनीहरू चिन्तित भएका छन्।

अमेरिका र इसराइलसँगको जारी युद्धमा रूसले सैन्य सहयोग प्रदान गरिरहेको इरानले पनि स्वीकार गरेको छ।

अमेरिकी मिडिया ‘एमएस नाउ’ (पहिले एमएसएनबीसी) सँगको अन्तर्वार्तामा इरानी विदेश मन्त्री अब्बास अरागचीले युद्धको समयमा रूस इरानका लागि रणनीतिक साझेदार भएको बताएका थिए।

जारी युद्धमा अमेरिकी सैन्य संरचना र पछिल्ला गतिविधिको सटिक सूचना पाएर इरानले हमला गरिरहेको जस्तो देखिएको समाचार आएका छन्। कतिले रूसले इरानलाई त्यस्तो खुफिया सूचना प्रदान गरिरहेको भनेर टिप्पणी गरेका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि केही समयअघि सार्वजनिक रूपमा रूसले इरानलाई सहयोग गरिरहेको हुन सक्ने बताएका थिए। अमेरिकाले रूससँगको युद्धमा युक्रेनलाई सहयोग गरे जस्तै रूसी राष्ट्रपति पुटिनले पनि इरानलाई थोरै मद्दत गरिरहेको हुन सक्ने उनले अनुमान गरेका थिए।

बुधबार, चैत १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • २.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.