काठमाडौँ-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Advertisement
आयोगले आइतबार राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौँ भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरूमाथि घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोप लागेको छ ।

