सुर्खेत
बिहान ९ बजेदेखि सुरु भएको राष्ट्रिय सभा निर्वाचनको मतदान अन्तर्गत १० बजेसम्म १२३ जनाले मतदान गरेका छन् ।
Advertisement
प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार प्रदेश सभातर्फ ४० मध्ये ३० जनाले मत खसालिसकेका छन् । जसमा १० महिला र २० पुरुष छन् ।
यस्तै स्थानीय तर्फ ९३ जनाले मतदान गरिसकेका छन् । जसमध्ये पुरुष ५९ र बाँकी महिला रहेका छन् ।
कर्णाली प्रदेशबाट एक महिला र एक अन्य कलस्टरमा निर्वाचन हुँदै छ । कर्णालीमा राष्ट्रियसभा निर्वाचनका लागि १९८ कुल मतदाता संख्या छ ।


