राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह मत माग्न इलाम पुगेका छन्। दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा रास्वपाका तर्फबाट क्षेत्र नम्बर १ मा विमल गदाल, क्षेत्र नम्बर गोकुलबहादुर राईका लागि मत माग्न इलाम बजार पुगेका हुन्। झापा–५ का
उम्मेदवारसमेत रहेका बालेन शाह बुधबार इलाम बजार लागेका हुन्।
Advertisement
उनी आज त्यहाँ रहने कार्यतालिका छ।
झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि उम्मेदवार छन्। उनी त्यहाँ लगातार चुनाव जित्दै आएका छन्। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा भने उनी पराजित भएका छन्।

