• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सिमलतालमा खसेको पहिरो पन्छाइयो : बिहानै अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा

लोकप्रिय समाचार

  • १. मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २. प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३. बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४. एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५. भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६. ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

  • ७. डा. गोविन्द केसीसँग वार्ता गर्न प्रधानमन्त्री र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि धनगढी

  • ८. ज्येष्ठ नागरिकसहित प्राथमिकतामा परेका ४८ जना बचतकर्ताले पाए रकम

  • ९. धनगढीमा सरकारी वार्ता टोलीले थाल्यो डा. केसीका प्रतिनिधिसँग छलफल

  • १०. सुनसरी घटना: सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखहरू फिर्ता, ईश्वरीप्रसाद अर्याल नयाँ सीडीओ

उज्यालो नेपाल पार्टीले १६५ क्षेत्रमै उम्मेदवार दिने


काठमाडौँ-

Advertisement

उज्यालो नेपाल पार्टी (उनेपा) आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको छ ।

Advertisement

प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेहरूका लागि अनलाइनमार्फत आवेदन खुला गरिसकेको छ । तर आवेदन खुला गरे पनि केही महत्त्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी गरिरहेको उज्यालो पार्टीले जनाएको छ ।

पार्टीले सबै क्षेत्रमा सङ्गठन विस्तार गरिरहेको भए पनि केही जिल्लामा अझै पनि सक्षम र प्रभावशाली उम्मेदवारको खोजी गरिरहेको हो । यतिबेला पार्टीले अध्यक्ष कुलमान घिसिङको गृह जिल्ला रामेछापसहित २४ निर्वाचन क्षेत्रको लागि योग्य उम्मेदवार खोजी गरिरहेक छ ।

अध्यक्ष घिसिङले अन्य पार्टीसँग एकीकरण नगरी अगाडि बढ्ने बताइसकेका छन् । उनले भनेका छन्, ‘उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा स्वतन्त्र रूपमा अगाडि बढिरहेको र भविष्यमा पनि त्यसैगरी अघि बढ्ने स्पष्ट जानकारी गराउन चाहन्छु ।’

पार्टीका केन्द्रीय सदस्य जीतराम लामाका अनुसार प्रत्यक्षतर्फ उम्मेदवार बन्नका लागि देशभरबाट उल्लेख्य सङ्ख्यामा आवेदनहरू प्राप्त भइरहेका छन् । ‘हामीले १६५ वटै क्षेत्रमा उम्मेदवारी दिने तयारीका साथ आवेदन माग गरेका थियौँ, धेरै ठाउँमा आवेदन परेका पनि छन्,’ लामाले भने, ‘तर कतिपय जिल्लामा पार्टीको मापदण्ड अनुसारका सक्षम र योग्य उम्मेदवारको अझै खोजी भइरहेको छ । हामी उम्मेदवार छनोट प्रक्रियालाई निरन्तरता दिइरहेका छौँ ।’

पार्टीले कोशी प्रदेशका ३ निर्वाचन क्षेत्रमा उपयुक्त उम्मेदवार खोज्दै छ । जसमा धनकुटा–१, मोरङ–२ र उदयपुर–२ रहेका छन् । मधेस प्रदेशको महोत्तरी–१ मा पार्टीले योग्य उम्मेदवारको खोजी गरिरहेको छ । बागमती प्रदेशका २ क्षेत्रमा अझै उम्मेदवार खोजी जारी रहेको छ । जसमा कुलमान घिसिङको गृह जिल्ला रामेछाप–१ र रसुवा–१ रहेका छन् ।

यता, गण्डकी प्रदेशका ५ क्षेत्रमा उम्मेदवारको खोजी भइरहेको छ । जसमा गोर्खा–२, मनाङ–१, मुस्ताङ–१, म्याग्दी–१ र बागलुङ–१ रहेका छन् ।

सबैभन्दा धेरै लुम्बिनी प्रदेशका ८ क्षेत्रमा उम्मेदवारको रिक्तता देखिएको छ । पाल्पाका क्षेत्र १ र २, गुल्मीका क्षेत्र १ र २, प्युठान–१, रोल्पा–१ तथा दाङका क्षेत्र १ र २ मा पार्टीले उम्मेदवार खोजी गरिरहेको छ । कर्णाली प्रदेशको दैलेख–२ मा अझै उम्मेदवार तय हुन बाँकी छ ।

सुदूरपश्चिमका ५ क्षेत्रहरूमा दार्चुला–१, बझाङ– १, बैतडी–१, डडेलधुरा–१ र अछाम–१ मा पार्टीले योग्य उम्मेदवारको खोजी जारी छ ।

पार्टीले देशलाई नयाँ दिशा दिन सक्ने, निष्कलङ्क र विकासप्रेमी छवि भएका व्यक्तिहरूलाई उम्मेदवारीका लागि आह्वान गरेको छ । सङ्गठन विस्तार भएका क्षेत्रमा उम्मेदवार छनोट सहज भए पनि केही दुर्गम र रणनीतिक क्षेत्रमा भने पार्टीले विशेष मिहिनेत गरिरहेको केन्द्रीय सदस्य लामाले जानकारी दिए ।

बिहिबार, माघ ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग
ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन
कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय
सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट
नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द
कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

लोकप्रिय

  • १.
    मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ

  • २.
    प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

  • ३.
    बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६००

  • ४.
    एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति

  • ५.
    भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव

  • ६.
    ५ हजार अमेरिकी डलरभन्दा बढी नगद ल्याउँदा भन्सार घोषणा गर्नुपर्ने, भारु सटहीमा पनि नयाँ नियम

भर्खरै

  • १.
    सुनसरी घटना : निष्पक्ष छानबिन र दोषीलाई कारबाही गर्न एमालेको माग

  • २.
    ग्यास आपूर्तिको अवस्था बुझ्न उद्योग मन्त्रीद्वारा उद्योगहरूको स्थलगत अनुगमन

  • ३.
    कम्बोडियाबाट एक वर्षमा ४ सय नेपालीको उद्धार, साइबर दास बनाउने गिरोह सक्रिय

  • ४.
    सार्वजनिक खरिद ऐन संशोधनविरुद्ध सर्वोच्चमा रिट

  • ५.
    नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा, आकस्मिक सेवा पनि बन्द

  • ६.
    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

  • ७.
    अस्पतालमा ओपीडी बन्द: बिरामी र आफन्त अलपत्र!

  • ८.
    आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.