• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

प्रतिनिधिसभा उम्मेदवारको टिकटमा हस्ताक्षर फिर्ता लिन देउवा लचिलो: प्रकाशशरण महत


पुस ३०, काठमाडौं-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा उम्मेदवारको टिकटमा आफ्नो हस्ताक्षर फिर्ता लिनेबारे लचिलो भएको प्रवक्ता प्रकाशशरण महतले बताएका छन्।

Advertisement

उनका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग बुधबार बिहान भएको वार्तामा सभापति देउवाले ‘केन्द्रीय समितिले निर्णय गरेर निर्वाचन आयोगमा पठाएको हस्ताक्षर फिर्ता लिन सकिने’ बताएका थिए।

Advertisement

‘केन्द्रीय समितिले पास गरेर पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरमा टिकट वितरण गर्न निर्वाचन आयोगलाई पठाएको हो। त्यसमा महामन्त्रीहरूको पनि सहमति थियो। त्यसैअन्तर्गत समानुपातिक र राष्ट्रियसभाको पनि टिकट गएको हो। अब प्रत्यक्षतर्फको टिकट बाँकी छ। यदि यो हस्ताक्षरकै कारण सहमतिमा अप्ठ्यारो पर्छ भने पार्टी एकताका लागि जोसुकै नेताहरूलाई हस्ताक्षर दिएर पनि पार्टी एक ठाउँमा राख्न मेरो तर्फबाट कुनै समस्या छैन भनेर सभापतिले भन्नुभयो,’ बैठकपछि कांग्रेस प्रवक्ता महतले सञ्चारकर्मीसँग भने।

उनले अगाडि भने, ‘केन्द्रीय समितिले पास गरेरै मेरो नाममा पठाएको हो। त्यही प्रक्रियाबाट निर्णय गरौं, मेरो तर्फबाट कुनै समस्या छैन भनेर उहाँले भन्नुभयो।’

हस्ताक्षर फिर्ता लिन सहमत भए पनि सभापतिबाट राजीनामा दिएर नेतृत्व छाड्न नमानेपछि महामन्त्रीद्वयसँगको वार्ता सहमति पुगेन।

देउवा निवास महाराजगन्जमा बिहान भएको वार्तामा सहमति नभएपछि विशेष महाधिवेशनले निर्वाचन प्रक्रियालाई तीव्रता दिइसकेको छ। निर्वाचन विद्युतीय माध्यमबाट हुनेछ।

देउवाले सोधे– विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी फुट्दैन? महामन्त्रीहरूले दिए यस्तो जबाफ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सहमति हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ‘अब हामी निर्वाचन प्रक्रियामा गयौं’ भनेर जानकारी दिई महाधिवेशन स्थल फर्किएका छन्।

देउवा निवास महाराजगन्जमा बुधबार बिहान भएको वार्तामा दुई महामन्त्रीले भनेका थिए, ‘विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया फाइनल अवस्थामा पुगिसकेको छ। हामी सभापतिज्यूको सम्मान राख्न मात्र तपाईंसँग कुरा गर्न आएका हौं।’

वार्तामा सहभागी एक नेताका अनुसार महामन्त्रीद्वयले देउवालाई पार्टी सभापतिबाट राजीनामा दिई संरक्षकको भूमिकामा बस्न आग्रह गरेका थिए।

‘महामन्त्रीहरूले सभापतिज्यूलाई संरक्षक भएर बस्नुस्, पार्टीको नेतृत्वबाट अलग हुनुस् भन्नुभयो,’ वार्तामा सहभागी एक नेताले महामन्त्रीद्वयको भनाइ उद्धृत गर्दै भने, ‘तपाईंले असोज २८ गते नै पार्टीको कार्यकारी भूमिका त्यागेर पूर्णबहादुर खड्कालाई कार्यवाहक दिनुभएको थियो। त्यसलाई कार्यान्वयनमा लैजानुस्।’

महामन्त्रीद्वयले राखेको यस्तो प्रस्तावमा देउवाले कुनै जबाफ नदिएको वार्तामा सहभागी नेताले जानकारी दिए।

देउवाले जबाफ नदिएपछि महामन्त्रीद्वयले अगाडि भने, ‘सभापतिज्यू, हाम्रो कुरा यही हो। तपाईं हुन्छ कि हुँदैन सोचेर भन्नुहोला। हामी चाहिँ अब निर्वाचन प्रक्रिया अघि बढाउँछौं।’

दुई महामन्त्रीले यसो भनेपछि देउवाले सोधे, ‘विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्दा पार्टी फुट्दैन?’

यसको जबाफमा महामन्त्रीद्वयले भने, ‘पार्टी फुट्दैन सभापतिज्यू। नेतृत्व परिवर्तनले पार्टी फुट्ने भन्ने कहाँ हुन्छ?

उनीहरूले अगाडि भने, ‘नेतृत्व परिवर्तन भनेको हामी दुई जनाले मात्र गर्ने होइन। यो विशेष महाधिवेशनको हाउसले गर्ने निर्णय हो। हाउसले पार्टीको नेतृत्व परिवर्तन गर्ने हो, पार्टी फुटाउने होइन। त्यसैले हामी अब निर्वाचन प्रक्रियामा अघि बढ्यौं।’

यति जबाफ दिएर दुई महामन्त्री देउवा निवास महाराजगन्जबाट बाहिरिएको ती नेताले जानकारी दिए।

सभापति देउवा र दुई महामन्त्रीबीचको वार्ता करिब एक घन्टा चलेको थियो। वार्तामा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए।

दुई महामन्त्रीले देउवाको राजीनामा नै आफूहरूको ‘बटमलाइन’ भएको बताएका थिए। देउवा लगायत संस्थापन पक्षले भने यो माग स्वीकार गर्न नमानेको वार्तामा सहभागी एक नेताले जानकारी दिए।

बुधबार, पुष ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.