काठमाडौँ-
नेपाली कांग्रेसमा जारी विवाद समाधानको लागि दुबै पक्षले समिति नै गठन गरेर छलफललाई तीव्रता दिएका छन् । कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र र वार्ता सँगसँगै अघि बढेको हो ।
Advertisement
विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको वार्ता समितिसँग छलफल गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ।


