• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

यहीँ रोजगारी सिर्जना गर्ने हाम्रो प्रयास छः अध्यक्ष ढकाल


गैँडाकोट, २५ पुस ।

Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशमै रोजगारी सिर्जना गर्ने आफूहरुको प्रयास रहेको बताउनुभएको छ । नवलपुरको गैँडाकोटमा आज (शुक्रबार)देखि सुरु भएको चौथो गैँडाकोट महोत्सवको उद्घाटन गर्दै ढकालले वैदेशिक रोजगारीमा जाने बाध्यता अन्त्य गर्न पहल गरिरहेको बताउनुभयो ।

Advertisement

“हाम्रो प्रयास कमसेकम यहीँ नै रोजगारी सिर्जना गरौँ र यो वैदेशिक रोजगारीमा जाने बाध्यतालाई अन्त्य गरौँ भन्ने हो” उहाँले भन्नुभयो, “उद्योगी व्यवसायीले व्यक्तिगत फाइदाको लागि मात्रै नभइ रोजगारी सिर्जना गर्न, राज्यलाई कर भुक्तानी गर्न र राष्ट्रको विकासका लागि काम गर्दै आएका छन् ।” बूढा बाआमाको स्याहार सुसार गर्नुपर्ने बेलामा छोडेर विदेश जानुपर्ने नेपालीको बाध्यतालाई केही हदसम्म भए पनि कम गरौँ भन्ने उद्देश्यले आफूहरुले काम गरेको ढकालले बताउनुभयो । युवाहरुलाई स्वेदशमै रोक्नका लागि निजी क्षेत्रलाई प्रवद्र्धन गर्दै राज्यले निर्माण गरेको नीति, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याउनुपर्ने ढकालले बताउनुभयो ।

अहिले विभिन्न अवसरका लागि युवा पुस्ता देश बाहिर जाने गरेका उल्लेख गर्दै केही युवाहरु फर्किने गरेको भए पनि धेरै उतै पलायन हुने गरेको ढकालको भनाइ छ । विदेशमै बस्ने गरी जाने क्रम बढ्नु भनेको कहालीलाग्दो अवस्था भएको उहाँले बताउनुभयो । “नेपालमा पर्याप्त सम्भावना भएर पनि हामीले प्रचारप्रसार गर्न नसक्दा फइदा लिन सकेका छैनौँ” उहाँले भन्नुभयो, “नेपालमा देवघाट, मुक्तिना, लुम्बिनी, सगरमाथा रहेका छन्, यसको हामीले फाइदा लिनसक्नुपर्छ ।”

नेपालको धार्मिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई प्रवद्र्धन गर्नुपर्ने भन्दै उहाँले यसका लागि निजी क्षेत्र हर बखत तयार रहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घले नवप्रवर्तनका लागि लगानी उपलब्ध गराउन रु १० अर्ब बराबरको कम्पनी खडा गरेको उहाँले बताउनुभयो । “महासङ्घले प्रवद्र्धन गरेको एनडीपी कम्पनीले लगानी जुटाउन सहयोग गर्दछ” उहाँले भन्नुभयो, “आन्तरिक पुँजी परिचालन गरी सहकार्य गर्न हामी तयार छौँ ।”

महोत्सव उद्घाटनका क्रममा उद्योगी व्यवसायीहरुले राज्यको नीतिको कारण उद्योगी व्यवसायी मारमा परेका गुनासो गरेका छन् । कार्यक्रममा मुनाल फुड्सका सञ्चालक दीपक भट्टराईले युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन राज्यले नीति निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । साना उद्योगीलाई हेरेर नीति बनाएमा मुलुकमा उद्यमशीलता बढ्ने उहाँको भनाइ छ ।

राज्यको नीतिको कारण उद्योगी मारमा परेका उल्लेख गर्दै भट्टराईले राज्यको तीन ठाउँमा उद्योग दर्ता गर्नुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । “उद्योग दर्तालाई सहज बनाउँदै अनलाइन प्रणालीमा जान सके अहिलेका युवाहरु स्वदेशमै रमाउन सक्छन्” उहाँले भन्नुभयो, “आधुनिक प्रविधिमा दख्खल राख्ने युवाहरु काममा ढिलासुस्ती हुँदा कुरेर बस्न रुचाउँदैनन् र विदेश पलायन हुन्छन् ।” युवालाई स्वदेशमै रोक्ने वातावरण बनाउन राज्य गम्भीर भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

आगामी माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न २५० व्यापारिक स्टल रहेको महोत्सव मूल समिति संयोजक छवि कँडेलले बताउनुभयो । महोत्सव परिसरलाई सुरक्षित बनाउन सुरक्षाकर्मी परिचालनसँगै सिसी टिभी क्यामेराबाट चौबीसै घण्टा निगरानी गरिएको कँडेलले बताउनुभयो । दुई लाख दर्शकले अवलोकन गर्ने लक्ष राखिएको महोत्सवमा करिब रु २५ करोड कारोबार हुने अपेक्षा गरिएको कँडेलको भनाइ छ ।

आयोजक संस्था जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले स्थानीय कृषि उपजको बजारीकरण र प्रवद्र्धन गर्नका लागि कृषकले उत्पादन गरेको कृषि उपजको निःशुल्क प्रदर्शनी गर्न दिइएको बताउनुभयो । महोत्सव अवधिमा स्थानीय पर्यटन प्रवद्र्धनका लागि विभिन्न गोष्ठी तथा सेमीनारको आयोजना गरिएको सापकोटाको भनाइ छ ।

शुक्रबार, पुष २५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.