• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
शनिबार, भदौ २७, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ७. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ८. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ९. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • १०. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

पार्टीमा पेशागत संघ-संस्थाको प्रतिनिधित्व सुनिश्चित गराउन देउवाको ध्यानाकर्षण


२१ पुस, काठमाडौं-

Advertisement

नेपाली कांग्रेसको महाधिवेशन तथा पार्टी संरचनामा पेशागत संघ(संस्थाको प्रतिनिधित्व सुनिश्चित गराइदिन माग राख्दै ध्याकर्षण पत्र बुझाइएको छ ।

Advertisement

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, डेमोक्रेटिक लयर्स एसोसिएसन, डीएलएका अध्यक्ष सीताराम केसी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल, सिडेनका अध्यक्ष रवि भूषण झा, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, प्रजातन्त्रवादी चिकित्सक संघका कार्यवाहक अध्यक्ष डा विक्रान्त ढकाल, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले हस्ताक्षर गरिएको पत्र सभापति देउवालाई बुझाइएको हो । ध्यानाकर्षण पत्रमा ४ बुँदे माग पनि पेस गरिएको छ ।

यस्ता छन् मागहरू

१. संविधानको मर्मअनुसार बौद्धिक वर्गको प्रतिनिधित्व सुनिश्चित गरियोस्।
संविधानले राष्ट्रिय सभालाई बौद्धिक तथा अनुभवी वर्गको प्रतिनिधित्व गर्ने थलोका रूपमा परिकल्पना गरे तापनि व्यवहारमा सो मर्म पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। नेपाली काँग्रेसले लोकतन्त्रप्रति आस्थावान पेशागत संघ–संस्थाबाट राष्ट्रिय सभासहित राज्यका विभिन्न निकायमा प्रतिनिधित्व हुने स्पष्ट र विश्वसनीय सुनिश्चितता प्रदान गरोस्।
२. पार्टी संरचनामा पेशागत संघ–संस्थाको संस्थागत प्रतिनिधित्व सुनिश्चित गरियोस्।
नेपाली काँग्रेसको महाधिवेशन, नीति निर्माण प्रक्रिया तथा संगठनात्मक संरचनामा पेशागत संघ–संस्थाको पूर्ण, सम्मानजनक र अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गरियोस्। यसका लागि पेशागत संघ–संस्थाका प्रतिनिधिहरूलाई मतदातामा मात्र सीमित नगरी उम्मेदवार बन्ने अधिकारसमेत खुला गरियोस्। साथै, कम्तीमा नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको कुल सदस्य संख्याको १० प्रतिशत प्रतिनिधित्व पेशागत संघ–संस्थाबाट अनिवार्य रूपमा सुनिश्चित गरियोस्।
३. प्रतिनिधि सभा निर्वाचनमा पेशागत पृष्ठभूमिका उम्मेदवारहरूलाई प्राथमिकता दिइयोस्।
प्रतिनिधि सभाको निर्वाचनमा पेशागत संघ–संस्थासँग आवद्ध, सक्षम, योग्य र अनुभवी व्यक्तिहरूलाई देशका विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा अघि सार्ने स्पष्ट नीति अवलम्बन गरियोस्।
४. पेशागत संघ–संस्थालाई पार्टीको वैचारिक थिंक–ट्याङ्कका रूपमा संस्थागत गरियोस्।
नीति निर्माण, विकास रणनीति, सुशासन, सार्वजनिक सेवा प्रवाह तथा राष्ट्रिय हितका विषयमा पेशागत संघ–संस्थालाई पार्टीको वैचारिक थिंक–ट्याङ्कका रूपमा उपयोग गर्दै संस्थागत भूमिका प्रदान गरियोस्।
हामी दृढ विश्वास गर्दछौं कि नेपाली काँग्रेसले आफ्नो गौरवशाली लोकतान्त्रिक विरासत, समावेशी सोच र ऐतिहासिक जिम्मेवारीअनुसार यस विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नेछ। पेशागत संघ–संस्थासँगको सशक्त र सम्मानजनक सहकार्यले पार्टीलाई अझ बलियो, आधुनिक र जनउत्तरदायी बनाउनेछ भन्ने हाम्रो दृढ विश्वास छ।

सोमबार, पुष २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    स्पाउस क्लब अफ आर.सी. चितवनको १००औँ बैठक सम्पन्न

  • ३.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ६.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.