• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • स्थानीय
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • भिडियो
  • थप
    • समाज
    • साहित्य
    • आर्थिक
    • पर्यटन
    • अन्तराष्ट्रिय
    • राशिफल
    • रोचक
×
आइतबार, भदौ २८, २०८३
    • प्रमुख समाचार
    • समाचार
    • राजनीति
    • स्थानीय
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • भिडियो
    • थप
      • समाज
      • साहित्य
      • आर्थिक
      • पर्यटन
      • अन्तराष्ट्रिय
      • राशिफल
      • रोचक

भर्खरै

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

तोलामा ४ हजार ८ सय रुपैयाँ घट्यो सुन

लोकप्रिय समाचार

  • १. नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २. भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३. मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४. जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५. भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६. तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

  • ७. भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

  • ८. उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ९. ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • १०. रविलाई अमेरिकी विदेशमन्त्रीको फोन, नेपाललाई थप सहयोग गर्न अमेरिका तयार

रास्वपा-उनेपा बीचको एकता सहमतिमा विवाद


पुस  २०, काठमाडौँ-

Advertisement

पार्टी एकता सहमति भएको एक हप्ता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा)बिच विवाद चर्किएको छ । एकता सहमतिलाई बाइपास गरी रास्वपाले छलछाम र जालझेलको राजनीति गरेको आरोप उनेपाले लगाएको छ । साथै संघीयता र गणतन्त्रको विषयमा रास्वपाको प्रस्ट लाइन नआएसम्म एकता नहुने उनेपाका नेताहरूले बताएका छन् ।

Advertisement

निर्वाचन आयोगमा रास्वपाले बुझाएको ११० जना समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफ्नो तर्फबाट १८ जनाको नाम सिफारिस गरेको तर उनेपाको १४ जनाको मात्र नाम परेपछि ऊर्जामन्त्री समेत रहेका उनेपाका संरक्षक कुलमान घिसिङ रुष्ट बनेका छन् । उनेपाका एक नेताले संघीयता र गणतन्त्रको विषयमा रास्वपा नेतृत्वले प्रस्ट नपारेसँगै एकता वा सहकार्य हुन नसक्ने बताए ।

‘हामी (उज्यालो नेपालको टिम) त्यहाँ बसिराख्नुको औचित्य छैन । बरु समानुपातिक चाहिँदैन, ८–१० जना सांसदका लागि एजेन्डा छोड्दैनौँ । एजेन्डा ठुलो कुरा हो’, ती नेताले भने, एजेन्डा नै छोडेर रवि लामिछानेको टिममा वा रास्वपामा बस्नैपर्छ भन्ने छैन । संघीयता, गणतन्त्र र संविधान नै नमान्ने पार्टीसँग एकता गरेर बस्नुको औचित्य छैन ।’

एकता प्रक्रियाको सुरुवातमै यी राजनीतिक विषयहरूलाई ‘एग्रिमेन्ट’ (सहमति पत्र) मै लेख्नुपर्ने प्रस्ताव गरेको तर रास्वपा पक्षले ‘पछि सल्लाह गरौँला’ भनेर पन्छाएको ती नेताले जिकिर गरे । रास्वपा र उनेपाबिच पुस १४ गते एकताका लागि सात बुँदे सहमति भएको थियो । सहमतिको ४ नम्बर बुँदामा रवि लामिछानेलाई सभापति स्वीकार गर्दै उपसभापतिहरूमा कुलमान घिसिङ, डीपी अर्याल, स्वर्णिम वाग्ले रहने उल्लेख छ । तर केन्द्रीय समितिमा अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने, कुन अनुपातमा समायोजन गर्ने लगायत विषयमा सहमति पत्रमा केही उल्लेख छैन । आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा पनि आफूहरूलाई अन्तिममा राखिएको उनेपाका अर्का नेताको आरोप छ ।

‘हामीले सम्मानजनक एकता भनेका हौँ । आत्मसमर्पण गर्न रास्वासँग विलय भएका होइनौँ । नेताहरूको व्यवस्थापनको विषयमा दुई पक्षीय छलफलको आधारमा सहमति गर्न सकिन्छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने बेला १८ जनाको नाम पठाएका थियौँ, तर १४ जनाको मात्रै नाम राखेको छ । त्यो पनि पुछारमा राखिएको छ । यो त हेप्न खोजिएको होइन र ?’, ती नेताले रातोपाटीसँग भने ।

पुस १४ गते शीर्ष नेताहरू छलफलकै क्रममा रहँदा समेत उनेपाले छुट्टै ११० जनाको बन्दसूची आयोगमा बुझाएको थियो । सम्मानजनक समायोजन गर्ने रवि र घिसिङबिच भद्र सहमति अनुसार उनेपाले आफ्नो बन्दसूची फिर्ता लिएको थियो । सहमति अनुसार रास्वपाको बन्दसूचीमा उनेपाका उम्मेदवार नपरेपछि रास्वपाबाट धोका पाएको महसुस नेताहरूले गरेका छन् । घिसिङलाई उपसभापति बनाउने विषय सहमतिमै उल्लेख भए पनि अन्य नेताहरूको व्यवस्थापन कसरी गर्ने भन्नेमा सहमति पत्र मौन छ ।

हिजोको बैठकमा संघीयता र गणतन्त्रको विषयमा उनेपाका नेताहरूले प्रस्ट पार्न माग गरेका थिए । जबाफमा रास्वपाका नेताहरूले देशको संविधान, संघीयता, गणतन्त्र, लोकतन्त्र मानेरै आएको तर्क गर्दै थप प्रस्ट पार्न आवश्यक नभएको बताएका थिए ।

एकतापछिको पार्टीको सैद्धान्तिक र वैचारिक लाइन स्पष्ट छैन । एकतामा धोका भएको निष्कर्ष निकालेको उनेपाले आयोगमा छुट्टै बन्दसूची बुझाउने प्रयास गरे पनि बन्दसूची बुझाउने समय सकिएकाले उनेपाको प्रयास असफल भएको थियो । एकता नहुँदै आन्तरिक असन्तुष्टि बाहिरिएपछि शनिबार सहमति खोज्न तीन पक्षका नेताहरूबिच रास्वपाको केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । दिउँसो ३ बजेदेखि बसेको बैठक राति १० बजे सकिएको थियो ।

रास्वपा स्रोतका अनुसार बैठक सकारात्मक भएको छ । बैठकमा समानुपातिक बन्दसूचीमा देखिएको त्रुटि सच्याउन सहमहामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको स्रोतको दाबी छ । कार्यदलमा बालेनको तर्फबाट सुदिप ढकाल र घिसिङको तर्फबाट अनिल घिसिङ रहनेछन् ।

‘प्राविधिक र साङ्गठनिक तथा वैचारिक विषयमा देखिएका त्रुटि हल गर्न कार्यदल बनाएर काम गर्ने सहमति भएको छ । त्यसलाई शीर्ष नेता बसेर अन्तिम रूप दिनुहुन्छ । हाम्रो तर्फबाट काम सकिएको छ’, स्रोतले भन्यो ।

यस्तै संगठनात्मक संरचना मिलाउन र नेताहरूको व्यवस्थापन मिलाउनका लागि सङ्गठन विभाग उपप्रमुख बोधनारायण श्रेष्ठको नेतृत्वमा सात सदस्यीय समिति बनाउने सहमति भएको छ । त्यसमा कुलमान र बालेन समूहले नाम पठाएपछि काम सुरु हुने बुझिएको छ ।

हिजोको बैठकमा संघीयता र गणतन्त्रको विषयमा उनेपाका नेताहरूले प्रस्ट पार्न माग गरेका थिए । जबाफमा रास्वपाका नेताहरूले देशको संविधान, संघीयता, गणतन्त्र, लोकतन्त्र मानेरै आएको तर्क गर्दै थप प्रस्ट पार्न आवश्यक नभएको बताएका थिए ।

‘हामीले संघीयता, गणतन्त्र, संविधान र लोकतन्त्र मानेरै पार्टी खोलेका हौँ । हामीले पार्टीको विधान, बाचापत्रमा समेत स्पष्ट पारेका छौँ । योभन्दा प्रस्ट के हुनुपर्‍यो ? यी विषयमा छलफल भएको थियो । हामीले आफ्नो तर्फबाट प्रस्ट पारेका छौँ’, रास्वपा स्रोतले भन्यो ।

तर उनेपाका नेताहरूले बैठकमा कुनै सहमति नभएको जिकिर गरे । सात घण्टासम्म भएको छलफलमा रास्वपाबाट शिशिर खनाल, गणेश पराजुली, बालेनको तर्फबाट सुदिप ढकाल, भूपदेव शाह र घिसिङको तर्फबाट डा. राजु थापा, जितराम लामा, श्री गुरुङ, महेन्द्र लावती लगायत नेताहरू सहभागी थिए ।

तीन पक्षबिच भएको सहमतिलाई शीर्ष नेताहरू बसेर टुङ्ग्याएपछि केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने बताइएको छ । घिसिङ, शाह र जेनजीसहित एकता सहमति घोषणाको कार्यक्रम केन्द्रीय समिति बैठकले नै तय गर्ने रास्वापाले बताएको छ । त्यसका लागि पार्टीले दिउँसो १ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बोलाएको छ ।

आइतबार, पुष २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा
बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने
२२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम
चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन
उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?
डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

लोकप्रिय

  • १.
    नुवाकोटमा फेन्सी व्यवसायी महासंघ र चितवन संघद्वारा ५० लाखभन्दा बढीको राहत सामग्री वितरण

  • २.
    भोटेकोशी बाढीपहिरो पीडितका लागि पूर्व कर्मचारी समाजद्वारा एक लाख रुपैयाँभन्दा बढी सहयोग

  • ३.
    मनकारी युवा उद्यमी रुविन रामुदामुको अर्को उदाहरणीय काम : बाढीपीडितलाई ३ लाख ७५ हजार बढी सहयोग

  • ४.
    जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो : मन्त्री गौतम

  • ५.
    भोटेकोशी बाढी प्रभावितलाई चितवन कारागारका कैदीबन्दीद्वारा सहयोग

  • ६.
    तीन ठूला एस्काभेटर पुगेपछि त्रिशूली-३ ‘बी’ मा खोजी तीव्र

भर्खरै

  • १.
    अत्याधुनिक सेवा सहित बुद्धचोकमा जिएम डाइगोनिष्ट ल्याबोरोटरी संचालनमा

  • २.
    बहुप्रतिक्षित चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको खतरनाक एक्सन लुक्स सार्वजनिक, असोज ३० फूलपातीमा रिलिज हुने

  • ३.
    २२ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम

  • ४.
    चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

  • ५.
    उत्तम जोशीको ९ महिना १६ दिन : स्वास्थ्य क्षेत्रमा के–के भए काम?

  • ६.
    डेढ महिनापछि सञ्चालनमा आयो टरिगाउँ विमानस्थल

  • ७.
    ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि द्वारा आफ्नो सदस्यको श्रीमानको मृत्युमा रु ६,१७,५०० बिमा रकम हस्तान्तरण

  • ८.
    भरतपुरमा विद्युतीय कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

हाम्रो बारेमा

वन स्टेप मिडिया प्रा. लि द्वारा सञ्चालित
www.onestepkhabar.com
कम्पनी दर्ता नं
२५७६१६/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं.
२९३८-२०७८/७९
प्रेस काउन्सिल नेपाल सूचिकरण प्रमाणपत्र नं.
२९७०

हाम्रो टीम

अध्यक्ष/ सञ्चालक
आयुष न्यौपाने

सम्पादक
गणेश सुबेदि

संवाददाता
बिशाल सापकोटा

सम्पर्क

समाचार र विज्ञापनका लागि सम्पर्क
९८६५००४१००

ठेगाना
भरतपुर-७,चितवन

ईमेल
[email protected]

Copyright ©2026 One Step Khabar | All rights Reserved.
 Website By :  nwTech.