चितवन – भरतपुर १० स्थित नारायणी नमुना माध्यमिक विद्यालयद्वारा आयोजित Science Task Based Competition अत्यन्तै रोमाञ्चक, ज्ञानवर्धक तथा प्रेरणादायी रूपमा सफलतापूर्वक सम्पन्न भएको छ ।
चितवन जिल्लामा नै फरक तरिकाले आयोजना गरिएको कार्यक्रमको डिजाइन प्रतियोगी र दर्शकहरुले उत्सुकतापुर्वक अवलोकन गर्नुभएको थियो । यस प्रतियोगितामा सहभागी भई कार्यक्रमको गरिमा बढाउनु हुने सम्पूर्ण विद्यार्थी बाबुहरूलाई विद्यालयका प्रधानाध्यापक रामशरण दुवाडी ले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थानमा वाल्मीकि शिक्षा सदन, दोस्रो स्थानमा भीमनगर माध्यमिक विद्यालय तथा तेस्रो स्थानमा शहीद स्मृति माध्यमिक विद्यालयले हासिल गर्न सफल भएकोमा हार्दिक बधाई तथा सहभागी विद्यार्थीहरुको उज्ज्वल भविष्यको शुभकामना विद्यालय परिवारले व्यक्त गरेका थिए ।
निर्धारित समयावधिभित्र विवेक, ज्ञान र सीपको उच्चतम प्रयोग गरी कार्य सम्पन्न गर्नु पर्ने यस प्रतियोगिताले विद्यार्थीहरूमा वैज्ञानिक सोच, टोली भावना र समस्या समाधान क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास लिईएको छ ।

