चितवन – रोटर्याक्ट क्लब अफ नारायणगढको साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। यस अवसरमा रो. पुजन ढकाललाई आगामी रोटरी वर्ष २०२६–२७ का लागि अध्यक्षमा निर्वाचित गरिएको हो।
साधारण सभामा संस्थापक अध्यक्ष रो. मनोज पिया, पूर्व अध्यक्ष रो. रबिन अग्रवाल, रो. नविन पोद्दार, रो. कुशल लामिछाने, वर्तमान अध्यक्ष रो. बिपिन पराजुली, रोटर्याक्टर, रोटेरियन राम प्रसाद गजुरेल, इन्टरयाक्ट क्लब अफ नारायणगढका अध्यक्ष ई बासुदेव सापकोटा र इन्टरयाक्ट क्लब अफ वाल्मीकिका अध्यक्ष ई आरव श्रेष्ठ, साथै अन्य इन्टरयाक्टर सदस्यहरू उपस्थित थिए।
सभामा नयाँ अध्यक्षको घोषणा गर्दै क्लबका आगामी वर्षका योजना र उद्देश्यहरूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरियो। यस अवसरमा क्लबले समाजमा सेवा प्रवर्धन गर्ने साथै युवाहरूको नेतृत्व र व्यक्तित्व विकासमा योगदान पुर्याउने लक्ष्य पनि स्पष्ट गर्यो। रोटर्याक्टर, बोर्ड सदस्यहरू, रोटेरियन र इन्टरयाक्टरहरूको सक्रिय सहभागिताले सभा सफलतापूर्वक सम्पन्न भएको र आगामी कार्यकालमा सेवा, नेतृत्व र सकारात्मक प्रभावका लागि नयाँ ऊर्जा ल्याउने विश्वास व्यक्त गरिएको छ।

