चितवन- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति चितवनको १९ औं साधारण सभा तथा ९ औं अधिवेशन सम्मपन्न भएको छ।
शनिवार भएको अधिवेशनबाट बसन्त लामाको अध्यक्षतामा २५ जनाको नयाँ कार्यसमिति चयन भएको छ। लोक तथा दोहोरी क्षेत्रको प्रवर्दन र कलाकारहरुको सम्मान तथा संरक्षणमा लागि परेको यस संस्थाले विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।
भरतपुर महानगरपालिका वडा नं २९ जुगेडीमा रहेको आफ्नै कार्यालय भवनमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा बसन्त लामा, प्रथम उपाध्यक्षमा आयुष्मा केसी, द्वितीय उपाध्यक्षमा विक्रम क्षेत्री, महिला उपाध्यक्षमा सरिता गुरुङ श्रेष्ठ, सचिवमा रोविन सुवेदी, कोषाध्यक्षमा भुमिराज घिमिरे, सह-सचिवमा टिकाराम ढकाल, सह- कोषाध्यक्षमा निश्चल मगर निर्वाचित भएका हुन्।
साथै कार्यसमिति सदस्यहरुमा : सरिता गुरुङ, जुन डिसी, विनय न्यौपाने, सम्झना श्रेष्ठ, शान्ति थापा, ज्योतीनारायण ढकाल, सविना सेन्चुरी, गणेशमान चेपाङ, मुक्ति सापकोटा, दिलबहादुर गोदार, इन्द्र श्रेष्ठ, भोलाराज गैरे, कृष्ण तामाङ, देवकुमार श्रेष्ठ, पार्वती सुनार, हर्क सिं गुरुङ र कविता लामा “यात्री” निर्वाचित भएका छन्।
निर्वाचित कार्यसमितिको तीन वर्षीय कार्यकाल रहने छ।

